आइतबार, असोज ४ २०८३

आइतबार, असोज ४ २०८३

रामेछापमा आज पनि कफ्र्यु जारी

शनिबार, भाद्र २८ २०८२

रामेछाप । रामेछापमा आज साँझ पनि कफ्र्यु लगाइएको छ ।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले शुक्रबार साँझ ७ बजेदेखि शनिबार बिहान ६ बजेसम्म कफ्र्यु लगाएका छन् । सुरक्षा अवस्थालाई ध्यानमा राखेर स्थानीय प्रशासनले कफ्र्यु लगाएको हो ।

जिल्ला सदरमुकाम मन्थली र पुराना सदरमुकाम रामेछाप बजार क्षेत्रमा कफ्र्यु लगाएको प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेशमा उल्लेख छ । मन्थलीमा अधिकांश प्रशासनिक भवन र वित्तीय संस्थाहरू रहेका छन् ।

त्यस्तै रामेछाप बजारमा कारागार, सेनाको ब्यारेक, अस्पताल लगायतका सरकारी संरचना र ब्यारेक रहेको छ । रामेछाप कारागारमा बिहीबार भएको झडप नियन्त्रण गर्न सुरक्षाकर्मीले गोली चलाउँदा २ जनाको ज्यान गएको तियो भने १२ जना घाइते भएका थिए ।

यसको साथै जिल्लाका गाउँपालिका केन्द्रहरूमा यस अघि लगाइएको निषेधाज्ञा अहिले पनि जारी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार