काठमाडौं(जस)–माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूरपश्चिम प्रदेशको महाकाली प्रादेशिक अस्पताललाई वाटर चिलर प्रदान गरेको छ । गर्मी मौसममा अस्पतालमा उपचारका लागि आउने बिरामी, तिनका कुरुवा तथा स्वास्थ्यकर्मीहरूलाई लक्षित गर्दै स्वच्छ पिउने पानीको सहज पहुँच सुनिश्चित गर्न बैंकले उक्त सहयोग गरेको हो । असार २७ गते शुक्रबार आयोजित कार्यक्रमका अवसरमा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख मनिष उपाध्याय र स्वास्थ्य तालिम केन्द्र, धनगढी–कैलालीका महाप्रबन्धक नरेन्द्र सिंह कार्की ले संयुक्त रूपमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अर्जुन भट्टलाई वाटर चिलर हस्तान्तरण गरेका थिए ।
महाकाली प्रादेशिक अस्पतालमा दैनिक सयौं सेवाग्राहीको आगमन हुने भए पनि स्वच्छ पिउने पानीको व्यवस्था नहुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको जानकारीपछि बैंकले यो सहयोग गर्ने निर्णय गरेको हो । बैंकले यो कदमबाट अस्पतालमा आउने सर्वसाधारणले प्रत्यक्ष रूपमा राहत महसुस गर्ने अपेक्षा गरिएको छ । माछापुच्छ्रे बैंकले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता, विपद् व्यवस्थापन तथा समावेशी आर्थिक पहुँचका क्षेत्रमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निरन्तर योगदान दिँदै आएको छ ।