शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

टेबल–टेबलमा कर्मचारीले शासन गर्छन्, स्थायी कर्मचारी आधा कटौती गरेर करारमा राखौँ : जनार्दन शर्मा

आइतबार, असार १५ २०८२

काठमाडौं, १५ असार । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले स्थायी कर्मचारी आधा कटौती गरेर सेवा करारमा कर्मचारी राख्नुपर्ने प्रस्ताव राखेका छन्।

प्रतिनिधि सभाको आइतबारको बैठकमा संघीय निजामती सेवा विधेयकमाथीको छलफलमा भाग लिने क्रममा पूर्वमन्त्री समेत रहेका माओवादी सांसद शर्माले यस्तो प्रस्ताव गरेका हुन्।

माओवादी सांसद शर्माले भने, ‘अब यहाँ साधारण खर्च हामीले नधान्ने अवस्थामा आजको भरीभराउ कर्मचारीलाई आधा कटौती गर्नुपर्छ भन्ने मान्यता मैले राख्दै आएको छु, मेरो भनाइ राख्दै आएको छु। त्यसलाई पनि यसले आज सम्बोधन गर्नुपर्छ र अब करारमा, करार सेवामा, सेवा करारमा राखेर काम परिणाममुखी काम गर्नुपर्छ। भद्दा संरचना, परिणामविहीन संरचनाको अर्थ छैन।’

सांसद शर्माले देशमा प्रधानमन्त्रीलाई मात्रै कार्यकारी अधिकार रहेको अवस्थामा टेबल–टेबलमा कर्मचारीले शासन गर्ने गरेको भन्दै यसलाई अन्त्य गर्नुपर्नेमा पनि जोड दिएका छन्।

सांसद शर्माले देशमा प्रधानमन्त्रीलाई मात्रै कार्यकारी अधिकार रहेको अवस्थामा टेबल–टेबलमा कर्मचारीले शासन गर्ने गरेको भन्दै यसलाई अन्त्य गर्नुपर्नेमा पनि जोड दिएका छन्।

उनले भने, ‘आज देशमा देशको कार्यकारी भूमिका भनेको कार्यकारी अधिकार भनेको प्रधानमन्त्रीमा निहित छ। प्रधानमन्त्रीले नै शासन गर्नुपर्ने बेलामा यो देशमा शासन प्रधानमन्त्रीले होइन, टेबल–टेबलमा शासन हुने गरेको छ। मैले विगतदेखि यो कुरा उठाउँदै आएको छु। यो टेबल–टेबलको शासनलाई अन्त्य गर्ने गरी, कार्यकारी प्रमुखले नै यसलाई शासन गर्ने व्यवस्था हामीले कसरी गर्छौ भन्ने लगायतका विषय यहाँ आज रहेका छन्।’

प्रतिक्रिया
सम्बन्धित समाचार