आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

सम्पादकीय : वातावरणप्रति सचेत बनौँ

शुक्रबार, जेष्ठ २३ २०८२

बिहीबार विश्वभरी नैंं ‘विश्व वातारवरण दिवस’ मनाइएको छ । नेपालमा पनि विविध औपचारिक तथा अनौपचारिक कार्यक्रम गरेर यो दिवस मनाइएको छ । कहिँ सरसफाई, कहिँ बृक्षारोपण, कहिँ गोष्ठि, सेमिनार र कहिँ ¥यालीसहित यो दिवस सम्पन्न भएको छ । विश्व वातावरण दिवसका सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओली, वन तथा वातावरण मन्त्री, राज्यमन्त्री, मन्त्रालयका सचिव, प्रदेशका मुख्यमन्त्रीहरु, सम्बन्धित मन्त्रालय र केही प्रमुख राजनीतिक दलका नेताहरुले समेत वातारणप्रति सबै सचेत हुँदै भावि पुस्ताका लागि पृथ्वी (भूगोल र जल) जोगाउनुपर्ने सन्देश प्रवाह गर्दै शुभकामना प्रदान गरेका छन् । कतिपय विद्यालयमा वातावरण सम्बन्धी निवन्ध लेखन, कविता लेखन, वादविवाद लगायतका बिभिन्न प्रतियोगिताहरु पनि आयोजना गरि सम्पन्न भएका छन् ।

यतिबेला बिग्रदो वातावरणप्रति विश्व नैं चिन्तित बनेको छ । संयुक्त राष्ट्रसंघले वातावरण तथा पर्यावरण जोगाउन आफ्ना सदस्य राष्ट्रहरुमा बिभिन्न परियोजनाहरु सञ्चालन गरेको छ । ती परियोजनाहरुका कारण नैं जनजता सचेत बन्दै गएका छन् । विद्यालयका पाठ्यक्रमहरुमा वातावरण जोगाउनु पर्ने कारण र उपायहरुका बारेमा समावेश गरिएको छ । यद्यपी वातावरण दिनानुदिन प्रदुषित हँदै गएको छ । विकसित भनिएका मुलुकहरुको आणविक हतियार निर्माणको होडबाजी, कलकारखानाबाट उत्पन्न भएको धुवाँ, कार्वनडाइअक्साइड, क्लोरोफ्लोरो कार्वन लगायतको मिसावाटबाट हामीले सास फेर्ने अक्सिजन बिषाक्त बन्दै गएको छ । प्लाष्टिकजन्य पदार्थको उत्पादन, बिक्रि बितरण र अत्याधिक प्रयोगबाट जमिनको उर्वराशक्तिमा कमी आएको छ । हामीले प्रयोग गर्ने प्लाष्टिकहरु समुन्द्रमा पुग्दा त्यसले समुन्द्री प्राणीहरुलाई पनि असर गरिरहेको छ ।

प्रकृतिले दिएका सेताम्ये हिमालहरु पग्लिएर काला पहाडमा रुपान्तरण भइरहेका छन् । यसले गर्दा हिमालका जडिबुटी, हिमाली जनावर र पंक्षीमा मात्र होइन, पर्यटनमा पनि ठूलो असर परेको छ । पर्यटनमा असर पर्दा देशको अर्थतन्त्रमा धक्का पुगेको छ । तसर्थ वातावरण जोगाउन वर्षका एक दिन ‘विश्व वातावरण दिवस’का दिन मात्र यसबारेमा चिन्ता र चर्चा गरेर पुग्दैन । वातावरण जोगाउन यस बारे चिन्तन मनन् गर्न विश्वले दिनमा कम्तीमा एक घण्टा समय छुट्याउन जरुरी छ ।

प्रकृतिले दिएका सेताम्ये हिमालहरु पग्लिएर काला पहाडमा रुपान्तरण भइरहेका छन् । यसले गर्दा हिमालका जडिबुटी, हिमाली जनावर र पंक्षीमा मात्र होइन, पर्यटनमा पनि ठूलो असर परेको छ । पर्यटनमा असर पर्दा देशको अर्थतन्त्रमा धक्का पुगेको छ । तसर्थ वातावरण जोगाउन वर्षका एक दिन ‘विश्व वातावरण दिवस’का दिन मात्र यसबारेमा चिन्ता र चर्चा गरेर पुग्दैन । वातावरण जोगाउन यस बारे चिन्तन मनन् गर्न विश्वले दिनमा कम्तीमा एक घण्टा समय छुट्याउन जरुरी छ ।

वातावरण दिवसका दिन रोपिएका बोट बिरुवाको वर्षैभरी संरक्षण, गोडमेलको पनि आवश्कता छ । हामीले आफ्नो घर भित्र मात्र सफा गरेर पुग्दैन, जथाभावी फोहोर नफ्याक्ने, कुहिने र नकुहिने फोहोरलाई छ्ट्टाछुट्टै भाँडा वा पोकामा राखेर उचित स्थानमा राख्ने गर्नु पनि वातावरणप्रति सचेत हुनु हो ।
तसर्थ हामीले प्लाष्टिक प्रयोगमा कम गर्ने पुनःचक्रणलाई प्राथमिकता दिने, खेतिपातीमा रासायनिक मलको सट्टा प्राङ्गारीक मलको प्रगोग गर्न सक्नु पनि वातावरणलाई प्रदुषित हुनबाट जोगाउनु हो । हामीले प्रयोग गरेको रासायनिक मल, किटनाशक औषधिले कृषि उत्पादन त बृद्धि हुन्छ तर त्यसले माटोलाई उर्वरा बनाउने, बालिनाली तथा फलफूलाई प्रयागसेचन गराउने स–साना जीवको मृत्यु हुन्छ । हाम्रो स्वास्थ्यमा पनि त्यसले प्रत्यक्ष नकारात्मक असर पारिरहेको हुन्छ । हामीले प्रकृतिलाई चुनौती दिने होइन, संरक्षण गर्न सक्नुपर्छ । विश्वमा मृत्युदर भन्दा जन्मदर बढि छ ।

दिनानुदिन जनसंख्याको बृद्धि हुँदा खाद्यान्नको अभाव, जमिनको अभाव, रुख विरुवाको अभाव ९वन बिनास०, बाढी, पहिरो, अतिबृष्टि, अनाबृष्टि आदि हुने र हजारौँको संख्यामा मानिसहरुले अकालमा ज्यान गुमाइरहनु परेको छ । हामीले निम्त्याएकै समस्याका कारण हाम्रो जीवन संकटमा पर्दै गएको छ । त्यसैले यी र यस्ता समस्याबाट जोगिन धर्तीका सबै मानव वातारवणप्रति सचेत हुनै पर्छ । हाम्रै व्यवहार र गतिबिधिका कारण जंगली जनाबरहरु हाती, गैँडा, बाघ, भालु, अजिङ्गर, अर्ना आदि वर्षैनी लोप हुँदै गएका छन् । इको सिस्टलाई चलायमान बनाउन पनि धर्तीका सबै प्राणी जोगिनु र जोगाउनु जरुरी छ । त्यसका लागि वातावरण जोगाउनु पहिलो कर्तब्य हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार