आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

सन्दर्भ गणतन्त्र दिवस : गणतन्त्रका अवसर र चुनौती

बिहिबार, जेष्ठ १५ २०८२

प्रजातन्त्र मानव सभ्यताको सबैभन्दा महत्वपूर्ण राजनीतिक उपलब्धिमध्ये एक हो । यसले जनताको सहभागिता र अधिकारलाई मान्यता दिंदै सरकार सञ्चालनको आधार तयार गर्छ । प्राचीन कालदेखि आजसम्म प्रजातन्त्रका विभिन्न रुपहरु विकास हुँदै आएका छन् । तीमध्ये गणतन्त्रलाई प्रजातन्त्रको उन्नत रुप मानिन्छ । गणतन्त्रले मात्र लोकतन्त्रको मर्म र भावनालाई पूर्ण रुपमा अभिव्यक्त गर्न सक्ने क्षमता राख्दछ । समयक्रमसँगै प्रजातन्त्रका विभिन्न रुपहरु विकास भएका छन् र तीमध्ये गणतन्त्रलाई प्रजातन्त्रको उन्नत र आधुनिक रुप मानिन्छ । गणतन्त्रले मात्र जनताका अधिकारलाई व्यवस्थित, न्यायपूर्ण र सशक्त रुपमा कार्यान्वयन गर्न सक्ने क्षमता राख्दछ । यस लेखमा प्रजातन्त्र र गणतन्त्रको सम्बन्ध, गणतन्त्रको विशेषता र यसको महत्वबारे चर्चा गरिएको छ ।

नेपालमा गणतन्त्रको घोषणा २०६५ साल जेठ १५ गते गरिएको थियो । यो ऐतिहासिक घोषणा संविधानसभाको पहिलो बैठकबाट गरिएको हो, जसले नेपालको सदियौँ लामो राजतन्त्र अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्यो । वि.सं २०६२/६३ को जनआन्दोलन (लोकतान्त्रिक आन्दोलन–द्वितीय) ले राजा ज्ञानेन्द्रको सत्तारोहण विरुद्ध जनदबाब सिर्जना गर्यो । आन्दोलनपछि राजा ज्ञानेन्द्रले सत्ताबाट पन्छिँदै संसद् पुनःस्थापना गरे । त्यसपछि गणतन्त्र पक्षधर तत्कालिन सात राजनीतिक दल र बिद्रोही नेकपा माओवादीबीच २०६४ मंसिर पाँच गते बृहत शान्ति सम्झौता हुँदै जननिर्वाचित संविधानसभा गठन भयो । संविधानसभाको पहिलो बैठकले सर्वसम्मत रुपमा नेपालमा गणतन्त्र घोषणा भयो ।

घोषणाको मुख्य बुँदा :
नेपाल अब संघीय लोकतान्त्रिक गणतन्त्र हुनेछ । राजसंस्था पूर्ण रूपमा समाप्त । राष्ट्रपतिको संस्था स्थापना ।

प्रजातन्त्र के हो ?

प्रजातन्त्र भन्नाले जनताले आफ्ना प्रतिनिधिहरु छान्ने र उनीहरु मार्फत सरकार सञ्चालनमा भाग लिने शासन पद्धति हो भन्ने बुझिन्छ । यसमा सबै नागरिकलाई समान अधिकार प्राप्त हुन्छ र उनीहरुको मत सर्वोपरी हुन्छ । प्रजातन्त्रको मूल भावना जनताको सत्ताको स्वामित्वमा निहीत हुन्छ । यसमा सरकार जनताको इच्छा र कल्याणका लागि काम गर्छ । प्रजातन्त्रको सिद्धान्तमा मानिसको स्वतन्त्रता, समानता र न्याय प्रमुख मानिन्छ ।

गणतन्त्र के हो ?

गणतन्त्र एक प्रकारको प्रजातान्त्रिक शासन पद्धति हो, जहाँ राष्ट्रको सर्वोच्च सत्ता जनतामा हुन्छ र उनीहरुले छानेका प्रतिनिधिहरुमार्फत शासन चलाउँछन् । गणतन्त्र शब्दको अर्थ नै ‘जनताको राज्य’ हो । यसमा कुनै राजा, रानी वा पारिवारिक वंशजको शासन हुँदैन । गणतन्त्रमा सरकारको नेतृत्व निर्वाचित व्यक्ति वा प्रतिनिधिहरुले गर्छन् । जसले संविधान अनुसार काम गर्छन् । गणतन्त्रले अधिकारहरुको सुरक्षा, कानूनको शासन र सबैलाई समान अधिकार दिने कुरामा जोड दिन्छ ।

वि.सं २०६२/६३ को जनआन्दोलन (लोकतान्त्रिक आन्दोलन–द्वितीय) ले राजा ज्ञानेन्द्रको सत्तारोहण विरुद्ध जनदबाब सिर्जना गर्यो । आन्दोलनपछि राजा ज्ञानेन्द्रले सत्ताबाट पन्छिँदै संसद् पुनःस्थापना गरे । त्यसपछि गणतन्त्र पक्षधर तत्कालिन सात राजनीतिक दल र बिद्रोही नेकपा माओवादीबीच २०६४ मंसिर पाँच गते बृहत शान्ति सम्झौता हुँदै जननिर्वाचित संविधानसभा गठन भयो । संविधानसभाको पहिलो बैठकले सर्वसम्मत रुपमा नेपालमा गणतन्त्र घोषणा भयो ।

प्रजातन्त्र र गणतन्त्रमा भिन्नता :

धेरैजसो मानिसहरुले प्रजातन्त्र र गणतन्त्रलाई एउटै अर्थमा बुझ्ने गर्छन् । तर यी दुईमा केहि महत्वपूर्ण भिन्नताहरु छन् । प्रजातन्त्र भनेको सबै नागरिकको अधिकार र स्वतन्त्रताको शासन प्रणाली हो । यसमा जनताको मत सर्वोच्च हुन्छ । गणतन्त्र भनेको त्यस्तो प्रकारको प्रजातन्त्र हो, जहाँ सरकारको प्रमुख पद (जस्तै राष्ट्रपतिको पद) स्वतन्त्र निर्वाचनबाट चयन गरिन्छ न कि राजा वा अन्य विरासतमार्फत । सरल शब्दमा भन्नुपर्दा, सबै गणतन्त्र प्रजातन्त्र हुन्, तर सबै प्रजातन्त्र गणतन्त्र नहुन पनि सक्छन् । उदाहरणका लागि, ब्रिटेन एक प्रजातान्त्रिक व्यवस्था हो तर गणतन्त्र होइन, किनभने त्यहाँ राजतन्त्र छ ।

गणतन्त्रको विशेषता :

गणतन्त्रमा सरकारको नेतृत्व निर्वाचित जनप्रतिनिधिहरुमार्फत हुन्छ । निर्वाचन स्वतन्त्र, निष्पक्ष र सबैका लागि खुला हुन्छ । गणतन्त्रमा संविधान सर्वोच्च हुन्छ । सबै नागरिक र सरकारका अंगहरुले संविधानको पालना गर्नुपर्छ । मलाई कानून थाहा थिएन भनेर कसैको गैरकानुनी कार्यलाई दण्ड सजायबाट नियतबस जोगाउन सकिँदैन । गणतन्त्रले सबै नागरिकलाई कानूनी दृष्टिले समान अधिकार प्रदान गरेको हुन्छ । यहाँ कुनै भेदभाव हुँदैन । गणतन्त्रमा सरकारको सत्ता सीमित हुन्छ र तिनले जनताको अधिकार हनन् गर्न सक्दैनन् । कार्यपालिका, विधायिका र न्यायपालिका स्वतन्त्रता हुन्छन्, जसले दुरुपयोग र शक्तिको केद्रीकरण रोक्छ । साथै गणतन्त्रले सबै नागरिकका मौलिक अधिकारहरुको संरक्षण गर्छ । जनताको सरकारमा सक्रिय सहभागिता हुन्छ, जसले सरकारलाई जवाफदेही बनाउँछ । गणतन्त्रमा प्रेसले स्वतन्त्रताको महसुश गर्छ, प्रेस आलोचक हुन पाउँछ, प्रेसमाथि राज्यद्वारा निरंकुशता हावी हुँदैन ।
गणतन्त्र किन प्रजातन्त्रको उन्नत रुप मानिन्छ ?

गणतन्त्रलाई प्रजातन्त्रको उन्नत रुप मानिनुको धेरै कारणहरु छन् । तीमध्ये संवैधानिक शासन प्रमुख हो । गणतन्त्रमा संविधानको शासन हुन्छ जसले सरकारी शक्तिलाई नियम र कानूनी दायरामा राख्छ । यसले सरकारलाई जनताको अधिकार हनन हुनबाट बचाउँछ । त्यसैगरी गणतन्त्रमा अधिकारको सुरक्षा हुन्छ । गणतन्त्रले नागरिकका अधिकार र स्वतन्त्रताको संरक्षणको सुनिश्चितता गर्छ । यसले कुनै पनि प्रकारको मनोमानीलाई रोक्छ । गणतन्त्रको अर्को उन्नत रुप भनेको सरकारको जवाफदेहिता हो । गणतन्त्रमा निर्वाचित जनप्रतिनिधिहरु जनतासँग जवाफदेही हुन्छन् र समय–समयमा तिनीहरुको निर्वाचनद्वारा मूल्याङ्कन हुन्छ । साथै गणतन्त्रले शक्ति सन्तुलन गर्न मद्दत पु¥याउँछ । राज्यका बिभिन्न अंग र निकायहरु स्वतन्त्र रहँदा सत्ता दुरुपयोगको सम्भावना न्यून हुन्छ । यसले लोकतन्त्रलाई दिगो र बलियो बनाउँछ । गणतन्त्रमा कानून सर्वोच्च हुन्छ, न कि कुनै व्यक्ति वा समूह । न्याय निसाफ समयमै निश्पक्ष तरिकाले हुनुपर्छ भन्ने गणतन्त्रको परिकल्पना एवम् मान्यता हो ।

नेपालमा गणतन्त्रको विकास :

नेपालमा प्रजातन्त्रको यात्रामा गणतन्त्रको ठूलो महत्व छ । लामो समयसम्म नेपालमा एकतन्त्रीय जहानीयाँ राणा र राजतन्त्रात्मक शासन थियो । नेपामला वि.सं २००७ सालमा पहिलो पटक प्रजातन्त्रको स्थापना भयो । तर त्यो पूर्ण रुपमा गणतन्त्र थिएन । २०६३÷६३ सालको जनआन्दोलनपछि नेपालले पूर्ण रुपमा गणतन्त्रको रुप लियो । २०७२ सालको संविधानले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषित ग¥यो । यसले राज्यको संरचना, अधिकार र कर्तव्यहरुलाई स्पष्ट पा¥यो र सबैलाई समान अधिकार सुनिश्चित ग¥यो । गणतन्त्रले नेपालमा बहुदलीय जनप्रतिनिधि शासनलाई मजबुत बनायो ।

गणतन्त्रका चुनौती र अवसर :

गणतन्त्रले धेरै अवसरहरु प्रदान गरको छ भने यससँगै चुनौतीहरु पनि छन् । नागरिकलाई सशक्त बनाउने, समान अधिकार सुनिश्चित गर्ने, सरकारलाई जवाफदेही बनाउने, तथा विकास र समृद्धिका लागि लोकतान्त्रिक प्रक्रिया चलाउने गणतन्त्रका अवसरहरु हुन् । त्यसैगरी भ्रष्टाचार, कमजोर शासन, राजनीतिक अस्थिरता, विभाजन र दलहरुको दुरुपयोगले गणतन्त्रलाई कमजोर बनाउन सक्छ । यी चुनौतीहरुलाई पार गरेर मात्र गणतन्त्र सफल र दिगो हुन सक्छ ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार