सोमबार, साउन १८ २०८३

सोमबार, साउन १८ २०८३

आईएमई लाइफका बीमित, अभिकर्ता तथा कर्मचारीले लुम्बिनी केवलकारमा छुट पाउने

बुधबार, बैशाख १७ २०८२

 

काठमाडौं(जस)–आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरूले अब लुम्बिनी केवलकारको टिकट खरिदमा २०% विशेष छुट पाउने भएका छन् । आईएमई लाइफ इन्स्योरेन्स र लुम्बिनी केवलकार प्रा.लिबीच सम्पन्न सम्झौता अनुसार, कम्पनीका सेवाग्राहीहरूलाई उक्त छुट प्रदान गरिने भएको हो ।
छुट सुविधा प्राप्त गर्नका लागि बीमितहरूले कम्पनीको मोबाइल एपमार्फत देखिने बीमा लेख देखाउनुपर्नेछ । अभिकर्ता तथा कर्मचारीहरूले भने कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेश गरी छुट लिन सक्नेछन् । कम्पनीले यस्तो सहकार्यमार्फत व्यवसायिक सम्बन्ध सुदृढ गर्नुका साथै आफ्ना बीमित, अभिकर्ता र कर्मचारीहरूलाई निरन्तर लाभ र सकारात्मक ऊर्जा प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ । छुट सुविधा लिनको लागि लुम्बिनी केवलकारको टिकट काउन्टरमा गई टिकट खरिद गर्नु पर्नेछ । भविष्यमा सेवा झन प्रभावकारी बनाउन कम्पनीले ‘प्रिभिलेज कार्ड’ जारी गरी सेवा प्रणालीलाई अझ सहज र स्तरीय बनाउँदै लैजाने योजना पनि अघि सारेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार