काठमाडौँ(जस)–यामाहा नेपालले काठमाडौं उपत्यकाका दुई(पांग्रे सवारी साधन पारखीका लागि नयाँ र रोमाञ्चक एक्सचेन्ज अफर ल्याएको छ । यो अफर २०८२ वैशाख १४ गतेदेखि १९ गतेसम्म उपत्यकाभरिका सबै आधिकारिक शोरूमहरूमा लागु हुनेछ । यामाहा ब्लु फेस्टको भव्य सफलतापछि कम्पनीले फेरि एकपटक ग्राहकहरूलाई एक्सचेन्ज र उत्सवको अवसर प्रदान गरेको हो ।
यो सीमित अवधिको अफरमा ग्राहकहरूले निम्न फाइदाहरू लिन सक्ने छन्
– जुनसुकै ब्राण्डको पुरानो सवारी साधनमा न्यूनतम २५,००० रूपैयाँको भ्यालुएसन (कर चुक्ताको प्रमाणपत्र अनिवार्य) ।
– एक्सचेन्ज भ्यालु अझ बढाउन थप १०,००० रूपैयाँको अतिरिक्त भ्यालुएसन ।
– धरौटी बिना नै सजिलो फाइनान्सिङ सुविधा ।
– यामाहा लिन अहिलेसम्मकै सहज बनाउन केवल ७.९९ प्रतिशत ब्याजदरमा सस्तो किस्ताबन्दी सुविधा ।
– ‘थ्रील अफ ३’ अफर अन्तर्गत १ लाखसम्मको स्योर शट छुट ।
– उपहारमा हेल्मेट, लेग गार्ड, फुट म्याट, स्पोट्र्स ब्याग र बाइक कभर जस्ता निःशुल्क एसेसरिजहरू ।
यामाहाका भर्साटायल र डाइनामिक मोडलहरूले हरेक प्रकारका चालकहरूको लागि उपयुक्त रोजाइ सुनिश्चित गर्दछ । हाइ–माइलेज र स्मार्ट पर्फर्मेन्सका लागि डिजाइन गरिएको च्बथश्च् १२५ँक्ष् ज्थदचष्म देखि लिएर रेसिङ पारखीहरूबीच लोकप्रिय बनेको स्पोर्टी र आक्रामक च्१५ सम्म, यामाहाको मोडलहरू फरक फरक आवश्यकता अनुसार उपलब्ध छन् ।
बलियो स्ट्रीट फाइटर लुक्स चाहनेहरूका लागि शक्तिशाली एमटी १५ उपयुक्त विकल्प हुन सक्छ भने, १५५ सिसी इन्जिन र लिक्विड कुलिङ प्रविधिसहितको ब्भचयह १५५ ले बिल्कुलै नयाँ खालको स्पोर्टी स्कूटरको अनुभव दिन्छ । अफ–रोड साहसिक यात्राका लागि अत्यन्तै कडा र भरपर्दो बनावटको ध्च् १५५च् तयार छ ।
त्यस्तै, दैनिक सवारीका लागि स्टाइल, पर्फर्मेन्स र लक्जरीको उत्कृष्ट संयोजन चाहनेहरूका लागि ँश्–क् ख्३ आदर्श विकल्प हो, जसमा यामाहाको विश्वासिलो ब्लु कोर प्रविधि र मस्कुलर स्ट्रीट डिजाइन समावेश गरिएको छ । नेपालमा एमएडब्लु राइड्स अन्तर्गत सञ्चालन भइरहेको यामाहा, अत्याधुनिक प्रविधि, उच्च प्रदर्शन र उत्कृष्ट ग्राहक सेवाका लागि अत्यन्तै विश्वासिलो ब्रान्ड हो । यामाहा सधैं नयाँ प्रविधि र उत्कृष्ट सेवा प्रदान गर्दै नेपालभर उत्कृष्ट सवारी अनुभव प्रदान गर्न प्रतिबद्ध छ ।