सोमबार, साउन १८ २०८३

सोमबार, साउन १८ २०८३

चैतसम्म वाणिज्य बैंकहरूले कमाए सवा ४१ अर्ब बढी नाफा

आइतबार, बैशाख ७ २०८२

काठमाडौं(जस)–चालु आर्थिक वर्ष २०८१ को तेस्रो त्रैमास (चैत मसान्त) सम्म नेपालका २० वटा वाणिज्य बैंकहरूले सवा ४१ अर्ब बढी नाफा आर्जन गरेका छन् । यस अवधिमा बैंकहरुले कुल ४१ अर्ब २५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् । यो अघिल्लो वर्षको सोही अवधिमा ४० अर्ब ६८ करोड ३१ लाख रुपैयाँको तुलनामा १.४० प्रतिशतले बढी हो । यो अवधिमा ११ वटा बैंकले नाफा वृद्धि गर्न सफल भएका छन् भने ९ वटा बैंकको नाफा घटेको छ ।
सबैभन्दा धेरै नाफा कमाउने बैंक नबिल बैंक हो, जसले ५ अर्ब ५ करोड रुपैयाँ नाफा कमाएको छ। दोस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ जसको नाफा ४ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । त्यसैगरी ग्लोबल आइएमई बैंकको नाफा ४ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । नेपाल बैंकको नाफा उल्लेखनीय रूपमा बढेर २ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ जुन अघिल्लो वर्षको १३ करोड रुपैयाँको तुलनामा २०३२.८० प्रतिशतले वृद्धि भएको हो। एभरेस्ट बैंकको नाफा ३२.५५ प्रतिशत, सानिमा बैंकको १४.८० प्रतिशत र माछापुच्छ्रे बैंकको २८.८९ प्रतिशतले वृद्धि भएको छ । तर केही बैंकहरूको नाफामा गम्भीर गिरावट आएको छ। एनआईसी एसिया बैंकको नाफा ९१.८१ प्रतिशतले घटेर १५ करोड ६७ लाख रुपैयाँमा झरेको छ । कुमारी बैंकको नाफा ७२.८५ प्रतिशतले घटेको छ भने हिमालयन बैंकको नाफा ७४.३३ प्रतिशतले घटेको छ ।
यसरी नाफामा आएको घटबढको प्रमुख कारण भनेको बैंकहरूको खराब कर्जा दर उच्च हुनु, प्रोभिजनिङ खर्चमा वृद्धि हुनु, र इम्पेयरमेन्ट चार्ज बढ्नु हो। बैंकहरूले धेरै रकम नाफाबाट छुट्याउनुपरेको कारणले पनि खुद नाफामा दबाब परेको देखिन्छ । कुल मिलाएर, नाफा रकम अघिल्लो वर्षभन्दा बढेको देखिए पनि समग्र बैंकिङ क्षेत्रले अझै वित्तीय दबाब खेपिरहेको संकेत देखिएको छ । वित्तीय विवरणानुसार वाणिज्य बैंकहरूले चैत मसान्तसम्म ४१ अर्ब २५ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । एक वर्षको समीक्षा अवधिमा बैंकहरुको नाफा जम्मा १.४० प्रतिशत बढेको हो ।
गत वर्षको चैत मसान्तसम्म २० वाणिज्य बैंकले ४० अर्ब ६८ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा गत वर्षको चैतमसान्तसम्म वाणिज्य बैंकको नाफा १३.४७ प्रतिशतले घटेको थियो । आर्थिक वर्ष २०८०÷८१ को चैत मसान्तसम्म २० वाणिज्य बैंकले ४७ अर्ब एक करोड ५३ लाख रुपैयाँ नाफा कमाएका थिए । सर्वाधिक नाफा वृद्धि हुनेमा नेपाल बैंक छ । यो बैंकले गत वर्षको चैत मसान्तसम्मको तुलनामा २०३२.८० प्रतिशतले नाफा वृद्धि गरेको छ । नेपाल बैंकले चैत मसान्तसम्म दुई अर्ब ७८ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको चैत मसान्तसम्म यो बैंकको नाफा सर्वाधिक घटेको थियो । यो बैंकको नाफा ०८०÷०८१ को तुलनामा गत वर्षको चैतसम्म ९२.६८ प्रतिशतले घटेको थियो । बैंकले ०८०÷०८१ को चैत मसान्तसम्म एक अर्ब ७८ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार