काठमाडौं । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन र नेकपा (माओवादी केन्द्र) निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च प्यानलका अध्यक्ष पदका उम्मेदवार भुवनसिंह गुरुङ नेपाली कांग्रेस समर्थित तमुधी समाजका सभापति हुन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका द्वितीय उपाध्यक्षको कार्यभार सम्हालिसकेका गुरुङ इमान्दार र व्यवसायीहरुका समस्याहरुको विषयमा गहिरो जानकारी राख्ने व्यवसायी नेताको रुपमा चिनिन्छन । संघको कार्यसमितीमा सदस्य देखि द्धितिय उपाध्यक्ष सम्मको निरन्तर नेतृत्व गरि रहँदा व्यवसायीमाझ परिचित गुरुङ निडर र वैदेशिक रोजगार क्षेत्रमा रहेका समस्या समाधानका बारे दख्खल राख्ने एक ईमान्दार व्यवसायीको परिचय बनाएका छन । प्रस्तुत छ संघको निर्वाचनका सन्दर्भमा अध्यक्षका प्रत्यासी गुरुङसग गरिएको कुराकानी :
लामो समयदेखि संघको बिभिन्न पदमा नेतृत्व गर्दै हाल संघको निर्वाचनमा अध्यक्षको उम्मेदवार हुनुहुन्छ । तपाईंका प्रमुख एजेन्डाहरु के–के हुन् ?
वैदेशिक रोजगार नेपालीहरुको रहर नभई बाध्यात्मक रोजगारीको रुपमा रहेको छ । हाल वैदेशिक रोजगार क्षेत्र नेपाली अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको सर्व बिदितै छ । यस व्यवसायमा आबद्ध करिब ९०० वैदेशिक रोजगार व्यवसायीको व्यवसाय गर्ने अधिकारलाई सुरक्षित गर्ने र यस क्षेत्रमा रहेका नीतिगत तथा व्यवहारिक समस्या हटाउन अनवरत प्रयास गर्ने मेरो व्यवसायीहरु समक्ष मुख्य प्रतिबद्धता हुन् । कानूनी रुपमा समेत त्रुटीको रुपमा रहेको अव्यावहारिक भइसकेको फ्रि भिसा, फ्रि टिकट नीति अन्तर्गत १० हजार रुपैयाँ सेवा शुल्क तोक्ने तर अर्कातर्फ व्यवसायीहरुको सामान्य त्रुटिमा जनही १ लाख रुपैयाँसम्म जरिमाना गर्ने जुन सरकारको अव्यहारिक कार्य छ त्यस्ता गलत कार्यहरुको अन्त्य लगायतका कार्यहरु गर्र्नेे लक्ष्य छ ।
तपाईले बताएका समस्या यस अघिका कार्यसमितिले पनि समाधान गर्न खोजेका हुन तर सम्भव भएन तर तपाईंले कसरी समाधान गर्नुहुन्छ ?
समस्या समाधानमा मेरो धृढ अठोट छ । त्यसका लागि कार्ययोजना बनाएर बिज्ञहरुको सल्लाह र सुझाव अनुसार म काम गर्छु । त्यसपछि सबै वातावरण आफै बन्दै जान्छ । दलीय व्यवस्थामा राजनीतिक दलहरू एक प्रकारले सरकारका अंगका रूपमा रहेका छन् । हामी व्यवसायी विभिन्न पार्टीका नीति, कार्यक्रममा जोडिएका छौं । सबैले सबैतिरबाट पहल गरेर र विभागीय मन्त्रीसँग समन्वय गरेर समस्याको समाधान गर्न सकिन्छ । म त्यो काम गर्छु । म बिगत १५ वर्षदेखि सघको विभिन्न पदमा निर्वाचित भएर यसै क्षेत्रमा सक्रिय रहेकोले वैदेशिक रोजगार ऐन र नियमावली कस्ता प्रकारका समस्या कहाँ छ ? भन्ने जानकारी छ र समाधानको उपायबारे जानकारी छ । व्यवसायीहरुले भोग्नु परेका साना देखि ठुला खालका समस्याका समाधानका विषयमा व्यवसायीहरु र बिज्ञहरुको सुझाव बमोजिम समाधानको काम हुनेछ ।
यस पटकको निर्वाचनमा सिन्डिकेटको विषयले किन प्राथमिता र चर्चा पाएको हो । यो विषय के हो ? यसमा तपाईंको अवधारणा के छ ?
सिन्डीकेटको विषयमा म प्रस्ट छु । मैले वैदेशिक रोजगारमा २ दशक बिताएको छु । विगतमा सिन्डिकेटको विरोधमा अग्र पँतिमा उभिएको व्यक्ती हुँ । करिब ९०० व्यवसायी भित्र मात्र होइन, भुवन गुरुङ सिन्डिकेट विरोधी हो भनेर मेरो नाम मलेसियामा पनि चर्चामा छ ।
अहिले निर्वाचनमा पराजित हुने भएपछि विरोधी प्यानलले निराधार आरोप लगाएको मात्र हो । विपक्षीहरू सेक्युरिटीमा सिन्डिकेट लगाउने भनेर ४ पटकसम्म मलेसिया पुगेर छलफल गरे तर, हाम्रो दबाबले उनीहरू अगाडि बढ्न सकेनन् । त्यसैका लागि संघको निर्वाचन अनिश्चित कालसम्म सार्ने काम गरियो । हामीले गृहमन्त्री र सीडीओलाई दबाब दिएर बल्ल निर्वाचन हुन लागेको छ । विरोधी सिन्डिकेट लगाउने लोभी पापीको समूह हो ।
व्यवसायीका एजेन्डा भन्दा जातीय र क्षेत्रीय सहानुभूति मात्र लिन खोजेको भन्ने आरोप तपाईलाई छ के भन्नुहुन्छ ?
मेरो विषयमा प्रतिपक्षहरुले पराजित मानसिकताले लगाएका आरोपहरु निराधार हुन् । वैदेशिक रोजगारका क्षेत्रमा सरकारले नियन्त्रणमुखी सोचका साथ फ्रि भिसा, फ्रि टिकटको अत्यन्तै अव्यावहारिक निर्णय लागू ग¥यो । तर, व्यवसायीले पाउने सेवा शुल्क परिमार्जन भएन । त्यसपछि अनावश्यक रूपमा बढाइएको इजाजतपत्रको धरौटी तथा बैंक ग्यारेन्टीको विरोधमा म निरन्तर उभिएको छु । संख्या सय समाधान, सेवा शुल्क परिमार्जन र सिन्डिकेड अन्त्य गरेर व्यवसायीलाई सुरक्षित गर्नु हाम्रो साझा प्रतिबद्धता हो । त्यसबाट सन्तुष्ट भएर सबै जातजाति, क्षेत्र र भेगका व्यवसायी मेरो पक्षमा उभिन ुभएको छ । मेरो नेतृत्वमा रहेको प्यानलले सबै पक्षलाई समेटेर उम्मेदवारी दिएको छ । विगतमा संख्या सयको समस्या समाधान गर्न हामी प्रत्यक्ष÷अप्रत्यक्ष सहभागी थियौं । यो सबै विश्लेषण गरेर व्यवसायी एक ठाउँमा आउनुभएको हो ।
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनमा आबद्ध व्यवसायीहरु किन फरक–फरक प्यानलबाट प्रतिस्पर्धामा उत्रनु भएको हो ?
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको आधिकारिक प्यानलको नेतृत्व हामीले गरेका छौं । एसोसिएसनको कार्यसमितिको दुई तिहाइ मतले निर्णय गरेकोे हो । त्यसविपरीत जानेलाई विधानले ठेगान लगाउँछ । सस्थागत निर्णयलाई नमान्नेहरुले व्यवसायीको हितमा कसरी काम गर्छ भनेर विश्वास गर्नु र ?
निर्वाचनको परिणाममा प्रभावित भईसके पछिको कारवाहीले के माने राख्छ र ?
आफु सम्लग्न भएको सस्थाको बिभान नै नमान्नेहरुलाई के भन्ने र ? अराजक गतिविधि गर्नेहरु अन्यत्र गएपछि मेरो जित सुनिश्चित भएको छ । भुवनसिंहले जित्ने पक्कापक्की भएपछि कुनै जानकारी नै नदिएर चुनाव सार्नेहरूबाट मतदाताले जबाफ मागेका छन् ।
अन्त्यमा आम व्यवासायीहरुलाई के भन्न चाहानुहुन्छ ?
वैदशिक रोजगार व्यवसायीहरुको साझा सस्थाको आवधिक निर्वाचन हुन लागेको छ । असल नेतृत्व चयन गर्नु भएन भने पछुताउनु पर्ने हुन्छ । यस विषयमा व्यवसायीका समस्या पहिचान र समाधानका लागि हामी अनुभवी र जानकार छौं । मिठो कुरा गरेर व्यक्तिगत स्वार्थ पूरा गर्न पल्केकाहरू को हुन् ? छुट्याएर मतदान गर्नुहोस् । यस पटकको निर्वाचनमा प्रजातान्त्रिक प्रणालीमा विश्वास गर्ने व्यवसायीले आधिकारिक उम्मेदवारका पक्षमा मतदान गर्नुहुने छ । म व्यवसायीका समस्या समाधान गर्न इमानदार प्रयासका लागि उम्मेदवार बनेकाले जुनसुकै आस्था र विचार बोक्ने तथा तटस्थ विचारमा रहेका व्यवसायीज्यूहरूलाई व्यवसायिक निष्ठा हेरेर मतदान गर्न आग्रह गर्छु । मेरो समुहलाई अमुल्य मतदान गर्नु भई निर्वाचित गराउनुभयो भने यहाँहरुको मतको अवमुल्यन कहिलै हुने छैन र पछुपाउनु पर्ने अवस्था आउन दिने छैन ।
एंकरभित्र