काठमाडौं(जस)–नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ नेतृत्व चयन गर्नको लागि हुने निर्वाचन यहि चैत २९ गते अनुपम फुडल्याड बत्तिसपुतलीमा हुने भएको छ । निर्वाचनको लागि सम्पुर्ण तयारी पूरा भएको अध्यक्ष राजेन्द्र भन्डारीले बताए । दुई वटा प्यानल बनेर चुनावी मैदानमा मेनपावर व्यवसायीहरु होमिएका छन् । अहिले दुबै समूह मेनपावर व्यबसायीकोमा घरदैलो अभियानमा जुटेका छन र आफ्ना एजेन्डा व्यबसायीमाझ राखिरहेका छन ।
सोमबार भुवन गुरुङ समुहले पानस पार्टी प्यालेसमा र नरेश गेलाल समूहले अनुपम फुडल्यान्डमा कार्यक्रम राखेर आफ्नो प्रतिबद्धता ब्याबसायीमाझ राखेका थिए । निर्वाचनको दिनसम्म उनीहरुले विभिन्न चुनावी कार्यक्रमहरु राखेका छन । यसपटकको निर्वाचनमा २०० भन्दा बढी नयाँ ब्याबसायी थपिएकाले र राजनितिक दलका उम्मेदवारहरु मिलेर संयुक्त प्यानल बनाएकाले निर्वाचनको अनुमान गर्न गार्हो भएपनि दुबै समुहले जित्ने दावी गर्दै आएका छन । ९०३ मतदाता रहेकोे संघमा यसपटक कडा प्रतिस्पर्धा हुर्ने निश्चित छ ।
काँग्रेस निकट मेनपावर व्यवसायी भुवनसिंह गुरुङ अध्यक्ष रहेको प्यानल घोषणा भएको छ । लोकतान्त्रिक एशोसिएसन र गणतान्त्रिक मञ्चको संयुक्त प्यानल भुवनसिंह गुरुङ प्यानल बनेको छ । उक्त प्यानलमा नरेन्द्रप्रसाद ढकाल प्रथम उपाध्यक्ष पदका उम्मेदवार रहेका छन् । देवकुमार खोखाली द्वितिय उपाध्यक्ष, हर्कबहादुर लिम्बु तृतिय उपाध्यक्ष, महेश कुमार बस्नेत महासचिव पदका उम्मेदवार रहेका छन् । त्यस्तै, कुन्छादोर्जे डिम्दोङ सचिव पदका उम्मेदवार र बिक्रम श्रेष्ठ कोषाध्यक्ष पदका उम्मेदवार रहेका छन् । राज लामा तामाङ, कृष्ण ढकाल, भरत सापकोटा, बिधा लक्ष्मी बज्राचार्य, सुवर्ण लामा। देवीप्रसाद गिरी, रेखा शर्मा, दिपककुमार राय, सुमनराज पाण्डे, गिता राउत सदस्य पदका उम्मेदवार रहेका छन् ।
यस्तै संयुक्त व्यवसायिक समूह एमाले निकट व्यवसायीहरुको नरेश गेलालको प्यानलबाट उम्मेदवारी दिएका छन् । एमाले निकट प्यानलमा काँग्रेस निकट व्यवसायीको पनि सहयोग रहेको छ भने प्रथम उपाध्यक्ष र महासचिव एमाले प्यानलबाट काँग्रेस निकट व्यवसायीले पाएका छन् । सुजित कुमार श्रेष्ठ प्रथम उपाध्यक्ष पदका उम्मेदवार, मधुकर रिजाल द्वितीय उपाध्यक्ष पदका उम्मेदवार, बैकुण्ठप्रसाद पौडेल तृतिय उपाध्यक्ष, कर्णराज कटुवाल महासचिवमा उम्मेदवार रहेका छन् । त्यस्तै, अनिल बोगटी सचिव पदका उम्मेदवार, धनमाया सिन्जाली कोषाध्यक्ष पदका उम्मेदवार रहेका छन् । चन्द्रबहादुर लिम्बु, रमा खडका, देउमान नेम्बाङ, राजेन्द्र बस्नेत, दिनेश बस्नेत, छत्रबहादुर बस्नेत, हेमा गुरुङ, युबराज देबकोटा, कामेश्वर साह (राहुल) र राजेश यादव सदस्याका उम्मेद्धावर रहेका छन् ।
एमाले निकट मेनपावर व्यवसायीबाट नरेस गेलालको प्यानल रहेको छ । यसैगरी स्वतन्त्र उम्मेदवारमा प्रथम उपाध्यक्ष अख्तर हुसेन र सचिवमा ईश्वर सापकोटाले उम्मेदवारी दिएका छन । यसभन्दा अघि संघको फागुन २ गते ३० औँ र ३१ औँ साधारणसभा बोलाइएको थियो । तर, उम्मेदवार विवादले रोकिएको थियो ।