काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको भवन खरीदका लागि मेनपावर कम्पनीहरुले ठूलो सहयोग गरेका छन् । सिफलस्थित संघको प्रशासनिक भवन खरीदका लागि द रिभर ओभरसिज प्रा. लिले सबैभन्दा बढी सहयोग गरेको थियो । दि रिभरका अध्यक्ष रघु पुरीले १४ लाख ५१ हजार १०६ रुपैयाँ सहयोग गरेका छन । यस्तै दोश्रोमा प्याराडाइज इन्टरनेशनल प्रा. लि का अध्यक्ष नवराज केसिले १३ लाख ३३ हजार ३३३ रुपैयाँ सहयोग गरेका छन । यस्तै तेश्रोमा अक्सन इन्टरनेसनल प्रालिका अध्यक्ष ईश्वर सापकोटाले संघको भवन खरिदको लागि ११ लाख ५५ हजार ५५५ सहयोग गरेका छन । सापकोटा यहि चैत २९ गते हुने संघको निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रुपमा उम्मेदवारी दिएका छ्न ।
यसैगरी चौथोमा निलकमल ह्यूमन रिसोर्स प्रा. लि.का संचालक मेघनाथ भुर्तेलले १,१११,१११/ र पाँचौमा जि.सि.डी. वर्ल्ड्वाईड प्रा. लि. का अध्यक्ष रमेश श्रेष्ठले रु १०,००,०००/ संघको भवन खरिदको लागि सहयोग गरेका छन ।
यस्तै संघको भवन खरीदका लागि ठूलो सहयोग गर्नेहरुको सूचीको छैटौं स्थानमा एसओएस. मेनपावर सर्भिस प्रा. लि. (१०,००,०००/–) , सातौंमा एसिया लिङ्क ओभरसिज प्रा. लि.(५७७,७७७/–), आठौंमा सान नेपाल प्रा. लि ५५५,५५५/ ,नवौंमा मदरल्याण्ड ओभरसिज प्रा. लि. ५३८,०००/–ं र १० औं नम्बरमा एड्भभान्स मेनेजमेन्ट ग्रुप प्रा. लि. ५३३,३३३/– रहेका छन् ।
संघको भवन खरिदको लागि खुल्ला दिलले सहयोग गर्ने मनका धनिहरुलाई संघका अध्यक्ष राजेन्द्र भन्डारीले आभार ब्यक्त गर्दै धन्यवाद दिएका छन ।उनले संघको ३ दशकको ईतिहासमा आफ्नै भवनमा आफ्नै कार्यकालमा कार्यालय स्थापना गर्न पाउँदा आफू अत्यन्तै खुशी रहेको बताए ।
संघको भवन खरिदमा सहयोग गर्ने ब्याबसायीहरुको नामावली निम्न रहेको छ ।



