मंगलबार, साउन १९ २०८३

मंगलबार, साउन १९ २०८३

प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्यको पदभार ग्रहण

लोडसेडिङको हल्ला निराधार हो, अब हुँदैन : हितेन्द्र शाक्य

मंगलबार, चैत्र १२ २०८१

काठमाडौं(जस)–नेपाल विद्युत् प्राधिकरणका नव नियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन् । सोमबार मन्त्रिपरिषद् बैठकबाट नियुक्त भएका शाक्यले मंगलबार साँझ प्राधिकरणको कार्यालयमा पदभार ग्रहण गरेका हुन् । कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गर्दै शाक्यलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय प्रमाणित भएर नियुक्ति पत्र बुझेपछि उनी पदभार ग्रहण गर्न नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालय पुगेका हुन् । उनको स्वागतको लागि कर्मचारीहरू प्रवेशद्वारमा लामबद्ध भएर बसेका थिए । उनले कार्यभार सम्हाल्दै सरकारले आफूलाई अवसर दिएको र त्यसलाई निष्पक्षताका साथ पूरा गर्ने बताए । उनी यसअघि २०७७ माघ २८ गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए ।
लोडसेडिङको हल्ला निराधार हो, अब हुँदैन
नेपाल विद्युत् प्राधिकरणका नव नियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन्। मंगलबार साँझ प्राधिकरणमा पुगेर नव नियुक्त कार्यकारी निर्देशक शाक्यले पदभार ग्रहण गरेका हुन् ।प्राधिकरणमा पुग्दा कर्मचारीहरूले शाक्यलाई स्वागत गरेका थिए । पदभार ग्रहण गरेपछि शाक्यले आफूले न्याय पाएको बताए । यसअघिको आफ्नो योजना अनुसार प्राधिकरणलाई अघि बढाउने उनले बताए । उनले प्राधिकरणभित्र रहेका समस्यालाई सामूहिकरूपमा समाधान गर्ने प्रतिबद्धता जनाए ।
लोडसेडिङ हुने हल्ला निराधार मात्रै रहेको भन्दै जनताको घरमा अब लोडसेडिङ नहुने उनले प्रष्ट पारे । उनले दुई हप्ताभित्र केही सकारात्मक नतिजा देखिने गरी काम गर्ने बताए । शाक्यले डेडिकेटेड र ट्रंकलाइन बक्यौताका बिषयमा प्रक्रियागत ढंगले समाधान निकाल्ने दाबी गरे । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई हटाएर शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।
शाक्यलाई उर्जामन्त्री खड्काको निर्देशन
जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकारणका नव नियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई उद्योगीहरूसँग लिनुपर्ने बक्यौता तत्काल असुल गर्न निर्देशन दिएका छन् । मंगलबार साँझ शाक्यलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउँदै मन्त्री खड्काले सो निर्देशन दिएका हुन् । मन्त्री खड्काले नव नियुक्त कार्यकारी निर्देशक शाक्यलाई उद्योगीहरूसँग प्राधिकरणले लिनुपर्ने बक्यौता तत्काल असुल गर्ने प्रक्रिया अघि बढाउन निर्देशन दिए । उनले ऊर्जा क्षेत्र नेपालकै समृद्धिको प्रमुख आधार रहेको भन्दै विद्युत् प्राधिकरणले इमान्दार भएर जनताको पक्षमा नतिजा देखिने गरी काम गर्न पनि निर्देशन दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार