मंगलबार, साउन १९ २०८३

मंगलबार, साउन १९ २०८३

मुक्तिनाथ विकास बैंकद्धारा वृहत वित्तीय साक्षरता कार्यक्रम आयोजना

शुक्रबार, चैत्र १ २०८१

काठमाडौं(जस)–मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यस फागुण महिनामा सातै प्रदेशहरुको विभिन्न स्थानका जनसमुदाय माझ वृहत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम विषेश गरि कृषक, उद्यमी, महिला तथा युवा लाई लक्षित गरी आयोजना गरेको बैंकले जनाएको छ । यस कार्यक्रम अन्तर्गत व्यवसायिक योजनाको तयारी, बजारिकरणको सम्भवना,बजार व्यवस्थापनका रणनीति, व्यक्तिगत बजेट, पारिवारिक बजेट, आम्दानी खर्चको सन्तुलन जस्ता विषयको तालिम दिइएको बैंकले जनाएको छ ।
नगद प्रवाह, बचत परिचालन, कर्जा परिचालन, विमा, विप्रेषण, डिजिटल बैंकिङ सेवाहरु, डिजिटल माध्यमबाट हुनसक्ने रकम अपचलन, ग्राहकको अधिकार लगायतका विषयहरु पनि तालिममा जानकारी गराइएको थियो । बैंकले हालै मोवाईल एक फाइदा अनेक लिन सक्ने मुक्तिनाथ फाइदा एप संचालनमा ल्याएको छ । त्यसै गरी मोबाईल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार