काठमाडौं(जस)–नेपाल वैदेशिक रोजगार व्यवसायी संघले साधारणसभा र निर्वाचनको नयाँ मिति घोषणा गरेको छ । संघको मंगलबार बसेको बैठकले आगामी चैत २९ गते शुक्रबार निर्वाचनसहितको साधारणसभाको मिति तोकेको हो ।
संघले भवन खरिद, संख्या सय समस्या समाधान, सेवा शुल्क परिमार्जनसहित विभिन्न समस्या वर्तमान कार्यसमितिले टुंगोमा पु¥याउन सहज हुने कारणहरू देखाउँदै गत २ फागुनमा तय भएको कार्यसमितिको निर्वाचनसहितको साधारणसभा १७ असारका लागि सारेको थियो ।
संघका अनुसार भवन खरिदको ऐतिहासिक काम सकिएको र विभिन्न घटक तथा वैदेशिक रोजगार व्यवसायीबाट कार्यसमिति निर्वाचन छिटो हुनुपर्ने माग निरन्तर आएकाले पूर्वनिर्धारित मितिभन्दा साढे २ महिनाअघि नै कार्यसमितिको निर्वाचनसहितको साधारणसभाको मिति तोकिएको हो ।