कतार – नेपाली जनप्रगतिशील मञ्च कतारले ३०औं जनयुद्ध दिवस १४ फेब्रुअरी २०२५ शुक्रबारका दिन फुलबारी रेष्टुरेन्टमा भब्यताकासाथ मनाएको छ ।
सयौ वर्षदेखि राजाहरुले शासन गर्दै आएका शासक बर्गको अन्त्य र नेपालमा नेपाल र नेपालीको आमूल परिवर्तनको निम्ति संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापनाको परिकल्पना सहित बि.स २०५२ फाल्गुन १ गतेका दिन तत्कालीन श्री ५ को सरकार सङ्ग शसस्त्र बिद्रोहको घोषणा गरि शसस्त्र आन्दोलन गरेको तत्कालीन नेकपा माओवादीले आजको यो बेबस्था ल्याउनको लागि सुरुवात गरेको थियो । यहि दिनलाई सम्झेर माओवादीले उत्सवको रुपमा मनाउदै आएको छ ।
मञ्चका अध्यक्ष राजेन्द्र देवकोटाको अध्यक्षता र नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा एसिया प्रदेशका सह-ईन्चार्ज डिबि क्षेत्रीको प्रमुख आतिथ्यतामा भएको थियो ।
क्षेत्री हजारे अभियन्ता तथा अहिलेको सामाजिक सुरक्षा कोषका अभियन्ता पनि हुन ।
अतिथिको आसन ग्रहण लगतै नेपाली राष्ट्रीय गान,सहिद स्मरण हुँदै दिप प्रज्वलन गरि प्रमुख अतिथि क्षेत्रीले कार्यक्रमको उद्घाटन गरेका थिए भने कतारमा स्थापित सम्पुर्ण संघ-सस्थाका प्रमुख तथा प्रतिनिधि सहित माओबादी आस्थावानहरुको बाक्लो उपस्थित रहेको थियो ।
कार्यक्रमका बिशेश अतिथि माओवादी केन्द्र एसिया प्रदेश संयोजक शनि कुमार ओलीले माओवादी आन्दोलन,जनयुद्ध हिजो र आज पनि सहि थियो र छ भन्ने प्रष्ट पारेका थिए । जनयुद्धलाई प्रतिगामी तत्वहरुले गलत तरिकाले ब्याख्या अपब्याख्या गरेको प्रती दुख व्यक्त गर्दै यसो नगर्न पनि चेतावनी दिएका छन । यो आन्दोलनले सम्पुर्ण सिमान्तकृत बर्गहरुको अधिकार र हितको निम्ति रहेको जनाउदै स्वर्गिय गिरिजा प्रसाद कोईराला र माधव नेपालले शान्ति प्रक्रिया सफल बनाउनको निम्ति सहयोग गरेको र त्यो सहयोग बिना सफल नहुने पनि उनले बताएका थिए । बहुमतको आडमा नेपाली जनताको हक अधिकारलाई कुण्ठित गर्ने गरि अहिलेको सरकारले संविधान संसोधन गर्नखोजेको आरोप लगाएका छन र यसो नगर्न नेपाल सरकारलाई आग्रह गर्दै संसोधन गर्नै परे पुर्ण समानुपातिक सहित कार्यकारी राष्ट्रपती र बिज्ञ मन्त्रीको ब्यबस्था सहित गरिनुपर्ने माग गरेका थिए ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि क्षेत्रीले परदेशमा रहेका सम्पुर्ण श्रमिकहरुलाई एकजुट भएर राम्रा काम गर्नेलाई साथ र सहयोग गर्न अपिल गरेका थिए । आफुले एनआरएन अभियानमा रहदा हजारे अभियान संचालन गरेको र अहिले तेहि अभियानलाई नेपाल सरकारले सामाजिक सुरक्षा कोषको रुपमा स्थापित गरेको प्रती खुशी व्यक्त गर्दै यस अभियानमा प्रवासमा रहेका सम्पुर्ण नेपाली श्रमिकहरुलाई जोडिनको लागि पनि अपिल गर्दै ८४ को चुनावमा माओवादी केन्द्र लाई बहुमत भोटको लागी पनी अपिल गरेका थिए । उनले थप्दै भने “हामी बिदेश बाट पनि मतदान गर्न पाउनुपर्छ” भन्ने बुलन्द आवाज उठाएका छौ ।
कार्यक्रममा कतारमा रहेका कलाकारहरुले विभिन्न क्रान्तिकारी गितमा आफ्नो प्रस्तुती पनि राखेका थिए ।
कार्यक्रममा मन्तव्य राख्ने क्रममा कतारमा सथापित सम्पुर्ण संघ-सस्थाका प्रमुख तथा प्रतिनिधिहरुले जनयुद्ध दिवसको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा मञ्चका अध्यक्ष राजेन्द्र देवकोटाले जनयुद्द दिवसको शुभकामना ब्यक्त गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ब्यक्त गरे । उनले जनयुद्धले देशमा आमूल परिवर्तन ल्याएको जनाउदै अहिलेका सबै उपलब्धी जनयुद्धकै भएको दाबी गरे ।
मञ्चका उपाध्यक्ष सरिता भण्डारीले उपस्थित पाहुनाहरुलाई स्वागत मन्तव्यद्वारा स्वागत गरेकी थिईन भने मञ्चका महासचिव योगेन्द्र तामाङले कार्यक्रमको सहजी करण गरेका थिए
