सोमबार, साउन १८ २०८३

सोमबार, साउन १८ २०८३

यती एअरलाइन्समा बेहुला–बेहुलीलाई निःशुल्क टिकट

बुधबार, माघ ३० २०८१

काठमाडौ(जस)–यती एअरलाइन्सले विवाह महिनालाई विशेष बनाउँदै ‘यतीमा जन्ती’ योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत जन्तीले यती एअरलाइन्समार्फत यात्रा गर्दा बेहुला–बेहुलीले हवाई टिकट निःशुल्क प्राप्त गर्नेछन् ।
यस योजनाले हवाई यात्रामार्फत जन्ती जाने परम्परालाई प्रवद्र्धन गर्दै यात्रुलाई थप सुविधा दिने उद्देश्य राखेको एअरलाइन्सले जनाएको छ । साथै जन्तीका प्रत्येक सदस्यले ५ केजी थप ब्यागेज सुविधासमेत पाउनेछन् । योजना फागुन महिनाभर लागू हुनेछ । थप जानकारीका लागि यती एअरलाइन्सको ग्राहक सेवा नम्बर ०१–५९७००७४ मा सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार