सोमबार, साउन १८ २०८३

सोमबार, साउन १८ २०८३

इसेवा वालेटको पैसा एनआईसी एशिया बैंकको एटीएमबाट निकाल्न सकिने

बुधबार, माघ ३० २०८१

काठमाडौ(जस)–इसेवाले नगद चाहिएको खण्डमा प्रयोगकर्ताहरूलाई सहजता प्रदान गर्न आफ्नो एटीएम विथड्र सेवा विस्तार गरेको छ । अब इसेवा प्रयोगकर्ताहरुले आवश्यक परेको खण्डमा एनआईसी एशिया बैंकको एटीएमबाट सजिलै पैसा निकाल्न सक्नेछन् । यसअघि एभरेष्ट बैंक मार्फत प्रदान गर्दै आएको यो सुविधा इसेवाले हालै एनआईसी एशियामा पनि बिस्तार गरेको हो ।
यो प्रक्रिया दुई चरणको रहेको छ । पहिलो चरणमा इसेवा प्रयोगकर्ताहरुले आफ्नो इसेवा एपमा गई ओटीपी प्रक्रिया पूरा गर्नुपर्नेछ भने दोस्रो चरणमा नजिकैको एनआईसी एशिया बैंकको एटीएम मेसिनमा गएर रकम निकाल्ने प्रक्रिया पूरा गर्नुपर्नेछ । यो प्रक्रिया सहजसँगै सुरक्षित पनि रहेको इसेवाले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार