मंगलबार, साउन १९ २०८३

मंगलबार, साउन १९ २०८३

साल्ट ट्रेडिङ कर्पोरेसनको नाफा ३ करोड ५३ लाख रूपैयाँ

सोमबार, माघ २८ २०८१

काठमाडौं(जस)–साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले चालु आर्थिक वर्ष २०८१÷८२ को दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा कम्पनीले ३ करोड ५३ लाख ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोहि अवधिको तुलनामा १.२५ प्रतिशत कम हो । अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीले ३ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको व्यापार ६ अर्ब ६९ करोडबाट घटेर ४ अर्ब ५८ करोड रुपैयाँ कायम भएको छ ।
समिक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ४ अर्ब ५८ लाख ३५ हजार रुपैयाँ रहेको छ । यो गत आवको सोही अवधिको तुलनामा ३१.५५ प्रतिशत कम हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीको बिक्री आम्दानी ६ अर्ब ६९ करोड रुपैयाँ रहेको थियो । कम्पनीको कर्मचारी खर्च १७ करोड ५० लाखबाट घटेर १५ करोड ९९ लाख रुपैयाँमा झरको छ । त्यस्तै, प्रशासनिक खर्च पनि १० करोड ३८ लाखबाट घटेर ७ करोड ६० लाख रुपैयाँ कायम भएको छ । कम्पनीको ब्याज खर्च पनि २२ करोड ६४ लाखबाट घटेर २ करोड ८८ लाखमा झेरेको छ । ३२ करोड ७ लाख १६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब ३६ करोड रूपैयाँ सञ्चित रहेको छ । समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २२.०५ रुपैयाँ (वार्षिकीकरण), प्रतिसेयर नेटवर्थ ३८४.३० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार