मंगलबार, साउन १९ २०८३

मंगलबार, साउन १९ २०८३

नेपाल टेलिकमको एमपीओएस रिचार्जमा बोनस

बिहिबार, मंसिर २० २०८१

काठमाडौं(जस)–नेपाल टेलिकमले मोबाइल प्वान्ट अफ सेल (एमपीओएस) रिचार्जमा बोनस उपलब्ध गराउने घोषणा गरेको छ । यो योजना मङ्सिर १८ देखि आगामी पुस १७ गते सम्म लागु हुनेछ । नेपाल टेलिकमका प्रिपेड तथा पोष्टपेड मोबाइल रिचार्ज गर्नका लागि रिचार्ज कार्डको अतिरिक्त अन्य विभिन्न वैकल्पिक उपायहरू अपनाउन सकिन्छ ।
यसका लागि विभिन्न दरका रिचार्ज कार्डका साथै मोबाइल प्वान्ट अफ सेल र नमस्ते पे, ईसेवा, खल्ती, आईएमईपे लगायतका डिजिटल वालेटहरू विकल्पको रूपमा रहेका छन् । यसका साथै सहज तवरले अविच्छिन्न रूपमा सञ्चार सेवा उपभोग गर्न ब्यालेन्स सकिएको अवस्थामा समेत प्रिपेड मोबाइल प्रयोगकर्ताहरूको लागि नमस्ते सापटीको सुविधा कम्पनीले उपलब्ध गराएको छ ।प्रिपेड मोबाइल प्रयोगकर्ताहरूले क्तबचत टाइप गरी १४७७ मा सन्देश पठाएर अथवा ८ज्ञद्धठठ३ डायल गरी ज्ञ छनौट गरेर सापटी लिन सक्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार