काठमाडौं(जस)–नेपाली विद्युतीय सवारी साधनको वितरक सिजी मोटर्सले चिनियाँ अटोमोबाइल ब्रान्ड एक्सपेंगको पोखरामा भव्य रुपमा लञ्च गरेको छ । सिजी मोटर्सले अटोवेज प्रालिलाई पोखरा क्षेत्रका लागि आधिकारिक डिलरको रूपमा औपचारिक रूपमा घोषणा गरेको हो । यो लञ्चले नेपालमा एक्सपेंगको उपस्थिति थप विस्तार गरेको छ, जसले स्थानीय ग्राहकहरूलाई अत्याधुनिक, वातावरणमैत्री सवारीसाधन र भरपर्दो सेवा प्रदान गरिरहेको छ ।
अटोवेजका अध्यक्ष नारायणप्रसाद पौडेलले कार्यक्रममा एक्स्पेङ ब्रान्डको परिचय गराए । साथै, सिजी मोटर्सका सिइओ÷निर्देशक हेमन्त अग्रवालले कार्यक्रमको क्रममा सिजी मोटर्सका उपलब्धिहरू र अटोवेजसँगको सहकार्यको चर्चा गर्नुका साथै भविष्यका योजनाहरू प्रस्तुत गरे । उद्घाटनका क्रममा, अटोवेज प्रालिले पहिलो चरणका ग्राहकलाई ५ वटा जी ६ एसयुभी पनि हस्तान्तरण गरेको छ । यस लञ्च कार्यक्रममा एक्सपेंगको नयाँ जी ६ मोडल प्रस्तुत गरिएको थियो, जसले स्मार्ट प्रविधि र दिगो डिजाइनमा जोड दिएको छ ।
जी६ ले विश्वकै उच्च सुरक्षा परीक्षण इ एन्कयाप मा ५– स्टार रेटिङ प्राप्त गरेको छ । यसले स्वचालित ड्राइभिङ प्रविधि, सेपा २.० संरचना, नियमित ओटिए अपडेटहरू, एक्ओएस अपरेटिङ सिस्टम, र ८०० भी सुपर–फास्ट चार्जिङ सुविधा प्रदान गर्दछ । जी६ को मोटर पावर १९० केडब्लु र टर्क ४४० एनएम छ, जसले ६६ केडब्लुएच ब्याट्री प्याकसहित ४३५ किलोमिटरको रेन्ज दिन्छ। यसका थप विशेषताहरूमा अगाडिको र पछाडिको एक्सलमा ५०ः५० तौल वितरण, समग्र स्पोर्टी प्रदर्शनका लागि एल्युमिनियम डाइ–कास्ट बडी, र ९–आयामीय ब्याट्री सुरक्षासहितको संरचना सामेल छन्, जसले जि ६ लाई विशिष्ट बनाउँछ ।
सिजी मोटर्सले हालसालै ग्राहक सेवालाई थप प्रार्थमिकता दिँदै बागडोल, काठमाडौंमा आफ्नो अत्याधुनिक सेवा केन्द्र उद्घाटन गरेको छ । साथ साथै मोटर्सले २४÷७ सडक सहायताका लागि हटलाइन नम्बर +९७७ ९७०७०९४२०७ मार्फत प्रदान गरिने सिजी केयर्स सेवा पनि प्रस्तुत गरेको छ । पोखराका ग्राहकहरूले पनि यो सिजी केयर सुविधाबाट लाभ लिन सक्नेछन्। सिजी मोटर्सले ग्राहकहरूलाई विशेष सेवा कुशलतापूर्वक प्रदान गर्दै आइरहेको छ ।