मंगलबार, साउन १९ २०८३

मंगलबार, साउन १९ २०८३

रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स एडिसन बजारमा

बुधबार, मंसिर १२ २०८१

काठमाडौं(जस)–रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभले बुधबार क्लासिक ३५० सिग्नल्स एडिसन लन्च गरेको छ । ३५० सीसी इन्जिनको यो मोटरसाइकललाई रोयल इन्फिल्डको पुरातात्विक तथा पोस्ट वार जीटु मोडलको उत्प्रेरणा जगाउने मोटरसाइकलको रूपमा लिइन्छ । सिग्नल्स एडिसन डेजर्ट स्यान्ड र मार्स ग्रे कलरमा उपलब्ध हुने अल्फा अटोमोटिभले जनाएको छ ।
३५० सीसी नयाँ एयर आयल कुल्ड इन्जिनले सहज पावर डेलिभरी, बलियो टर्क र अत्यन्त परिष्कृत सवारी अनुभव प्रदान गर्ने जनाइएको छ । यसको फराकिलो सिट प्रोफाइल र नरम फम कुशन प्याडिङले लामो यात्रामा आराम दिने कम्पनीको दावी छ । नयाँ एर्गोनोमिक्स, ग्रिप्स, रोटरी स्विच इन्फो स्विच र ओभल मास्टर सिलिन्डर लगायतका विभिन्न फिचर यसमा उपलब्ध छन् ।
त्यसैगरी, नयाँ पाइलट लाइटहरू भएको हेडलाइट र नयाँ डिजाइनको टेललाइट तथा एकीकृत रिफ्लेक्टर यसमा रहेका छन् । बाइकको अगाडि रहेको ३०० एमएम डिस्क ब्रेकसँग ट्वीन्स पिस्टन फ्लोटिङ क्यलिपर र पछाडि रहेको २७० एमएम डिस्क ब्रेकसँग सिङ्गल पिस्टन फ्लोटिङ क्यलिपरले ब्रेकिङ पद्धतिलाई झन् सशक्त बनाउनेछ । यसको मूल्य ५ लाख ५५ हजार ६०० रहेको छ । नयाँ रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स एडिसनको आज रोयल इन्फिल्डको नेपालभर २४ वटै सोरुममा बिक्री खुला गरिएको छ । नजिकको रोयल इन्फिल्डको सोरुममा गएर यसलाई अवलोकन र टेस्ट राइड गर्न सकिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार