मंगलबार, साउन १९ २०८३

मंगलबार, साउन १९ २०८३

नेपाल एयरलाइन्सका पाइलटहरू काममा फर्किए

बुधबार, मंसिर १२ २०८१

काठमाडौं(जस)–आन्दोलनमा उत्रिएका नेपाल एयरलाइन्सका पाइलटहरू काममा फर्किएका छन् । नेपाल वायुसेवा निगम(नेपाल एयरलाइन्स)का स्थायी पाइलटहरू सेवा सुविधाको माग गर्दै हड्तालमा उत्रिएपछि अन्तर्राष्ट्रिय उडान प्रभावित बनेको थियो ।
हडतालका कारण उडान प्रभावित बनेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पाइलटहरूसँग वार्ता गरेका हुन् । वार्तापछि पाइलटहरूले उडानमा फर्किने निर्णय लिएका हुन् । पाइलटले उठाएका सेवा सुविधाका विषयमा वैज्ञानिक आधारमा सम्बोधन गर्ने प्रतिबद्धता मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार