बुधबार, साउन २० २०८३

बुधबार, साउन २० २०८३

स्वादिष्ट चियाका लागि सुजल डेरीको ’डिलाइट डेरी ह्वाइटनर’

बिहिबार, कार्तिक २९ २०८१

काठमाडौँ(जस)–सुजल डेरीले स्वादिष्ट चियाका लागि आफ्नो उत्पादन ’डिलाइट डेरी ह्वाइटनर’ बजारमा सर्वत्र बजारमा उपलब्ध रहेको जनाएको छ । ‘डिलाइट डेरी ह्वाइटनर’ एक उत्पादन मात्र नभई, नेपाली जीवनशैलीकै उत्सव भएको कम्पनीको भनाइ छ । गाई र भैंसीको शुद्ध दूधबाट अत्याधुनिक स्प्रे ड्राइङ प्रविधिको प्रयोग गरी बनाइएको ’डिलाइट डेरी ह्वाइटनर’ले चियामा क्रिमीपन थप्दै साधारण चियालाई पनि सन्तुष्टिको क्षणमा रूपान्तरण गर्ने कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार जम्मा तीन चम्चा ’डिलाइट डेरी ह्वाइटनर’ १८० मिलि मन तातो पानीमा घोलेर चिया वा कफीलाई अझ स्वादिलो बनाउन सकिनेछ । यो घर नजिकैको किराना पसलदेखि भाटभटेनी, सेलवेज, सेल्सबेरी, र बिगमार्टजस्ता ठूला स्टोरहरूमा, सजिलै पाउन सकिने छ भने दराज, ठूलो डटकम र स्मार्टडोको जस्ता ई–कमर्स साइटहरूमा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ । ४०० ग्रामको ४७० र ८०० ग्रामको ९०० रुपैयाँ उपभोक्ता मूल्य तोकिएको यो उत्पादन दुई सुविधाजनक प्याकमा उपलब्ध रहेको जनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार