बुधबार, साउन २० २०८३

बुधबार, साउन २० २०८३

एभरेष्ट बैंक र एनसीएचएलबीच अन्तरदेशीय भुक्तानी सम्झौता

आइतबार, कार्तिक २५ २०८१

काठमाडौं(जस)–एभरेष्ट बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच अलीपे+ को नेटवर्कमा रहेका सदस्य वालेटहरु मार्फत नेपालपे मर्चेन्टहरुका क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्नका लागि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेको हो ।
यस सम्झौता अन्तर्गत नेपालमा रहेका नेपालपे क्यूआर तथा यसका ष्लतभचयउभचबदभि क्यूआर को मर्चेन्ट क्यूआर मा अलीपे+ को नेटवर्क मार्फत भुक्तानी गर्न सकिने छ । चाइना, हङकङ, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मंगोलिया, थाईल्याण्ड, साउथ कोरिया, स्वीडेन तथा इटली लगायतका देशहरुबाट नेपाल आएका पर्यटकहरुले आनो डोमेस्टिक वालेट मार्फत नेपालमा रहेका नेपालपे क्यूआर तथा यसका ष्लतभचयउभचबदभि क्यूआर मा सजिलै भुक्तानी गर्न सक्नेछन् ।
अलीपे को नेटवर्कमा ६६ वटा विभिन्न ग्लोबल मार्केट अन्तर्गत ३० भन्दा बढि इसुइङ उपकरण, ३०० भन्दा बढि बअत्रगष्चष्लन लभतधयचप, ९ करोड भन्दा बढि ग्लोबल मर्चेन्टहरु आबद्ध रहेका छन् । अलीपेको नेटवर्कमा ऋजष्लब, इऋद्यऋ, ऋजबलनष्उबथ,न्अबकज, ब्ष्उिबथज्प्, ज्ष्उबथ, प्बपबयएबथ, त्यककएबथ, ल्बखभचएबथ, त्लन्म्, एद्यद्य, त्चगभःयलभथ,ःउबथ, त्ष्लबदबमार्फत अन्तरदेशीय भुक्तानीहरु गर्न सकिने व्यवस्था रहेको छ ।
एनसीएचएलले अलीपे+ सँग क्ष्लतभचलबतष्यलब िएबथmभलत एबचतलभच का रुपमा आबद्ध भई दुइ नेटवर्कबीच भुक्तानी सुचारु गर्नका निम्ती आवश्यक व्यवस्था मिलाइसकेको छ । यस पहल अनुरुप अब एभरेष्ट बैंक सँग सो भुक्तानी सेवा कार्यान्वयन गर्नका निम्ती सम्झौता भएको हो । नेशनल पेमेन्ट स्वीच अन्तर्गतको नेपाल क्यूआर मापदण्ड कार्यान्वयन गर्न, नेपालपे क्यूआरएक स्वतन्त्र क्यूआर स्किमको रुपमा सञ्चालन हुनुको साथै मर्चेन्ट तथा नेटवर्क लेभलको अन्तरआबद्धता कायम गर्न स्थापना भएको पूर्वधार हो । हाल नेपालपे क्यूआरको नेटवर्क मा ८५०,००० भन्दा बढि (क्ष्लतभचयउभचबदभि क्यूआर समेतका) मर्चेन्टहरु आबद्ध रहेका छन् । एभरेष्ट बैंकले आफ्ना ३९,१६७ डिलिभरी च्यानलहरु, नेपालमा रहेका १०,०९८ शाखाहरु, नेपालबाहिर रहेका २ वटा शाखा, १३,३५० एटिएमहरु तथा १५,७१९ बिजिनेस करेस्पोन्डेन्टहरु मार्फत आफ्ना १४ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । बैंकले नेपालपे क्यूआरमा २३ हजार भन्दा बढि मर्चेन्टहरु आबद्ध गरिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार