बिहिबार, साउन २१ २०८३

बिहिबार, साउन २१ २०८३

सिटिजन लाइफको मैतिदेवीस्थित स्थानान्तरित शाखाको उद्घाटन

मंगलबार, कार्तिक १३ २०८१

काठमाडौं(जस)–सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले मैतिदेवीस्थित स्थानान्तरित शाखाको सोमबार कार्तिक १२ गते, सोमबार उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । शाखा कार्यालयको उद्घाटनमा कम्पनीका ब्रान्ड एम्बेसेडरद्धय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यद्वारा सम्पन्न गरिएको हो । उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल, प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल, मध्य र मध्य पश्चिम क्षेत्रका प्रमुख व्यवसाय अधिकृत सुनिल पोखरेल साथै कम्पनीका केहि विभाग प्रमुखहरु, कम्पनीका टप सिनियर एजेन्सी म्यानेजरहरुलगायत केहि सिटिजन लिडरहरु र स्थानीयहरुको पनि उपस्थिति रहेको थियो ।

नयाँ स्थानमा शाखा कार्यालय स्थानान्तरणसँगै कम्पनीका सेवाग्राहीहरु र अभिकर्ताहरुले थप सहज र गुणस्तरिय सेवा सुविधा प्राप्त गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृतले बताए । समापनको अवसरमा कम्पनीका ब्राण्ड एम्बेस्डरद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कम्पनीले आजको मितिसम्म हसिल गरेको सफलतामा गर्व रहेको बताए ।

यस संस्थाले सधै आफुहरुलाई धेरै माया गरेको र देशको भरपर्दो लाइफ इन्स्योरेन्स कम्पनीसँग आवद्ध रहन पाउदा खुशी व्यक्त गर्दै सम्पूर्ण अभिकर्ताहरुलाई सिटिजन लाइफ इन्स्योरेन्समा जोडिएर स्वोरोजगार भएर जीवन निर्वाह गरेकोमा बधाई साथै शुभकामना व्यक्त गरे । कम्पनीले हाल प्रधान कार्यालय समेत गरी १३६ शाखा उपशाखा कार्यालयहरु मार्फत आधुनिक प्रविधिको प्रयोग गरी ग्राहकवर्गलाई गुणस्तरीय सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
  • ताजा अपडेट