बिहिबार, साउन २१ २०८३

बिहिबार, साउन २१ २०८३

एनएलजी इन्स्योरेन्सको साधारणसभा सम्पन्न

बिहिबार, कार्तिक ८ २०८१

काठमाडौं(जस)–एनएजली इन्स्योरेन्स कम्पनीको साधारणसभा बुधबार सम्पन्न भएको छ । बालुवाटारस्थित आम्रपाली ब्याङ्केटमा सम्पन्न भएको सभाले चुक्ता पूँजीको १० सेयर बराबर ६.२५६ सेयर अनुपात अर्थात् ६२.५६ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । हकप्रदको प्रस्ताव पारित भएसँगै कम्पनीले अब यसका आधारभूत पक्षहरूको कामलाई निरन्तरता दिने जनाइएको छ ।
कम्पनीले नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पूँजी पु¥याउनका लागि हकप्रद सेयर निष्काषन गर्न लागेको हो । कम्पनी सञ्चालक समितिको भदौ २४ गते बसेको बैठकले आर्थिक वर्ष २०७९÷८० को बोनस सेयर वितरण कायम हुने चुक्तापुँजी १ अर्ब ५३ करोड ९५ लाख ३५ हजार ९५८.९७ रुपैयाँको ६२.५६ प्रतिशत अर्थात १००ः६२.५६ अनुपातमा हकप्रद सेयर निष्काषन गर्ने निर्णय गरेको थियो । एनएलजीको हकप्रद बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल मार्केट रहेको छ । साधारणसभा प्रयोजनार्थ कम्पनीले असोज २२ गते बुक क्लोज गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
  • ताजा अपडेट