बिहिबार, साउन २१ २०८३

बिहिबार, साउन २१ २०८३

प्राइम कमर्सियल बैंकको नाफामा ११.७५ प्रतिशतको वृद्धि

बुधबार, कार्तिक ७ २०८१

काठमाडौं(जस)–प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ११.७५ प्रतिशतले नाफा बढायो । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा बैंकले १ अर्ब २८ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी १६.६७ प्रतिशतले बढाएको छ । त्यस्तै, खुद फि तथा कमिशन आम्दानी ७.८७ प्रतिशत बढेको छ। बैंकको कुल सञ्चालन आम्दानी यो अवधिमा १८.७४ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ११.१५ प्रतिशत बढेको छ । बैंकको २ अर्ब ७३ करोड रुपैयाँ वितरणयोग्य मुनाफा रहेको यस बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी २५ रुपैयाँ ५५ पैसा रहेको छ । १९ अर्ब ४० करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोष पछिल्लो ३ महिनामा ११.२८ प्रतिशत बढेको छ। त्यस्तै, सो अवधिमा बैंकको निक्षेप ५.० प्रतिशत र कर्जा तथा सापटी ३.९२ प्रतिशत बढेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
  • ताजा अपडेट