बिहिबार, साउन २१ २०८३

बिहिबार, साउन २१ २०८३

नेपाल एसबिआई बैंकको ७०.०१ प्रतिशतले नाफा वृद्धि

बुधबार, कार्तिक ७ २०८१

काठमाडौं(जस)–नेपाल एसबिआई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको ७०.०१ प्रतिशतले बढाएको विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको तीन महिनामा बैंकले ७०.०१ प्रतिशतले नाफा बढाएर ८१ करोड ४६ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४७ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी २.४३ प्रतिशत, खुद फि तथा कमिशन आम्दानी ०.३६ प्रतिशत र कुल सञ्चालन आम्दानी ०.४७ प्रतिशत घटेको छ । त्यस्तै, सञ्चालन मुनाफा ७८.२६ प्रतिशत बढेको छ । बैंकको खराब कर्जा यो तीन महिनाको अवधिमा २.३५ प्रतिशतबाट घटेर १.८४ प्रतिशतमा आएको छ । बैकको असोज मसान्तसम्ममा १ अर्ब ८६ करोड रुपैयाँ वितरणयोग्य मुनाफा रहेको छ । बैंकको १० अर्ब ५० करोड १ लाख रुपैयाँ चुक्ता पूँजी छ भने जगेडा कोष पछिल्लो ३ महिनामा ९.०८ प्रतिशत बढेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
  • ताजा अपडेट