काठमाडौं(जस)–माछापुच्छ्रे« बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको ५० करोड ३२ लाख रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको सोहि अवधिकोभन्दा ७.१९ प्रतिशत कम हो । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.१९ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५४ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी ४.९९ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी २२.५१ प्रतिशत र कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ७.१४ प्रतिशत बढेको छ । त्यस्तै, सञ्चालन मुनाफा २७.६२ प्रतिशत बढेको छ । बैंकको ११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ । बैंकको निक्षेप ६.२३ प्रतिशत र कर्जा बढेको छ ।