बिहिबार, साउन २१ २०८३

बिहिबार, साउन २१ २०८३

सपोर्ट लघुवित्तको लाभांश घोषणा

मंगलबार, कार्तिक ६ २०८१

काठमाडौं(जस)–सपोर्ट लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्ष २०८०÷०८१ को वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गरेको हो । कार्तिक ४ गते बसेको लघुवित्तको सञ्चालक समितिले चुक्ता पूँजीको १४.५० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसमध्ये १३.७७५ प्रतिशत बोनस र ०.७२५ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने निर्णय भएको लघुवित्तले जनाएको छ । लघुवित्तको हाल १० करोड ७६ लाख १८ हजार रुपैयाँ चुक्ता पूँजी रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
  • ताजा अपडेट