काठमाडौं(जस)–टिकटकले आफ्ना प्रयोगकर्ताहरूका लागि सुरक्षित डिजिटल स्पेस सिर्जना गर्ने निरन्तरको प्रतिबद्धताअनुरुप आफ्नो सन २०२४ को दोश्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट जारी गरेको छ । अप्रिलदेखि जुन २०२४ सम्मको तथ्याङ्कलाई समेट्ने रिपोर्टमा टिकटकले आफ्नो कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने कन्टेन्ट पहिचान गर्न र हटाउनका लागि उठाएका सक्रिय कदमहरूको विवरण समावेश छ । यस रिपोर्टले टिकटकको विश्वव्यापी कम्युनिटीको लागि सकारात्मक अनुभवको समेत सुनिश्चितता प्रदान गर्दछ ।
टिकटकले यस त्रैमासिकमा विश्वव्यापी रूपमा १७,८८,२७,४६५ ओटा भिडियोहरू हटाएको थियो जुन सङ्ख्याले यस प्लेटफर्ममा अपलोड गरिएका सबै कन्टेन्टको लगभग १.० % को प्रतिनिधित्व गर्दछ । हटाइएका भिडियोहरू मध्ये १४,४४,३०,१३३ ओटा भिडियोहरू अटोमेटेड डिटेक्सन प्रविधिहरू प्रयोग गरेर पत्ता लगाई हटाइएको थियो जबकि ५३,९४,३१८ ओटा भिडियोहरू थप समीक्षापछि पुनर्स्थापित गरिएको थियो । सक्रिय हटाउने दर ९८.२% मा रह्यो भने ९३.५% फ्ल्याग गरिएका कन्टेन्टहरू पोस्ट गरेको २४ घण्टाभित्र हटाइएको थियो ।
यस प्राविधिक विकासले टिकटकलाई आफ्ना मोडेरेसन प्रयासहरू मापन गर्न र बढ्दो विश्वव्यापी कम्युनिटीको लागि सुरक्षित वातावरण कायम गर्न सक्षम बनाउँछ । ९८.२% को सक्रिय डिटेक्सन दरसँगै प्रयोगकर्ताहरूसम्म पुग्नु अघि नै हानिकारक सामग्रीलाई सम्बोधन गर्ने सवालमा टिकटक पहिलेभन्दा अझ बढी कुशल बनेको छ । रिपोर्टले टिकटकको कन्टेन्ट मोडेरेसन प्रणालीहरूको शुद्धता र प्रभावकारितालाई सुदृढ गर्दै पुनर्स्थापित भिडियोहरूमा आएको ५०% कमीलाई पनि हाइलाइट गर्दछ । रिपोर्टले हटाइएका भिडियोहरूको महत्त्वपूर्ण भाग—३१%—मा टिकटकको कन्टेन्ट नीतिहरूसँग नमिल्ने संवेदनशील वा परिपक्व विषयवस्तुहरू रहेको कुरा पनि संकेत गर्छ । थप १५.१% भिडियोहरूले भने यस अवधिमा प्लेटफर्मको सुरक्षा र सभ्यता मापदण्डहरू उल्लङ्घन गरेका र ४.७% ले भने गोपनीयता र सुरक्षा दिशानिर्देशहरू उल्लङ्घन गरेको पाइएको छ ।
पछिल्लो त्रैमासिक जस्तै टिकटकले हटाइएका कभर्ट इन्फ्लुएन्स अपरेसन (ऋक्ष्इ) नेटवर्कहरूको सारांश दिन जारी राख्नेछ । साथै, रोकिएका व्यक्तिगत अपरेशनहरूको विस्तृत जानकारी नयाँ स्ट्यान्डअलोन रिपोर्टमा उपलब्ध रहेको छ । कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्टको आवधिक प्रकाशनले कन्टेन्ट र अकाउन्ट एक्सनहरूको मापन र प्रकृतिमा अन्तर्दृष्टि प्रदान गर्दछ जसले पूर्ण पारदर्शिताको लागि टिकटकको प्रतिबद्धतालाई जोड दिन्छ । रिपोर्टमा रहेका विस्तृत अन्तर्दृष्टिहरू र टिकटकको कन्टेन्ट गाइडलाइन्स, टुल्स र नीतिहरूबारे थप जान्न टिकटकको ट्रान्सपेरेन्सी सेन्टरमा जानुहोस् ।
टिकटकका बारेमा
टिकटक छोटो आकारको मोबाइल भिडियोको लागि अग्रणी गन्तव्य हो । हाम्रो मिशन भनेको रचनात्मकतालाई प्रेरित गर्नु र मानिसको जीवनमा आनन्द ल्याउनु हो । टिकटकको ग्लोबल मुख्यालय लस एन्जलस र सिंगापुरमा छ भने यसका कार्यालयहरु न्यूयोर्क, लन्डन, डब्लिन, पेरिस, बर्लिन, दुबई, जकार्ता, सियोल र टोकियोका समेत रहेका छन् ।