बिहिबार, साउन २१ २०८३

बिहिबार, साउन २१ २०८३

नेपाल लाइफ इन्स्योरेन्सले मेवा डेभेलपर्समा लगानी गर्ने

सोमबार, कार्तिक ५ २०८१

काठमाडौँ(जस)–नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मेवा डेभेलपर्स लिमिटेडमा लगानी गर्ने भएको छ । नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएसँगै कम्पनीले मेवा डेभेलपर्स लिमिटेडद्वारा निर्माण हुने मध्ये मेवा हाइड्रोपावर परियोजना र सेवा खोला हाइड्रोपावर परियोजनामा लगानी गर्ने निर्णय गरेको हो । कम्पनीका अनुसार प्रतिकित्ता १०० रुपैयाँ मूल्य रहने गरी कुल ५० लाख कित्ता शेयर खरीदका लागि कुल ५० करोड रुपैयाँ लगानी गर्ने निर्णय भएको हो । लगानी गर्ने निर्णय कार्यान्वयनका लागि कात्तिक १ गते दुबै कम्पनीबीच शेयर लगानी सम्झौता समेत भैसकेको जानकारी कम्पनीले नेप्सेमार्फत गराएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
  • ताजा अपडेट