बिहिबार, साउन २१ २०८३

बिहिबार, साउन २१ २०८३

नेपालमा बनेको हुन्डाई भेन्यु ईको बिक्री सुरु

शुक्रबार, असोज १८ २०८१

काठमाडौं(जस)–नेपालमा हुन्डाई गाडी उत्पादन गर्ने लक्ष्मी मोटर कर्पोरेशनले भेन्यु ई भेरियन्टको उत्पादन पनि सुरु गरेको छ । २०२४ मे बाट भेन्यु एस र एसएक्स उत्पादन सुरु गरेको कम्पनीले ई भेरियन्टका गाडी पनि उत्पादन सुरु गरेको हो । भेन्युको व्यवसायिक उत्पादन सुरु गरिएसँगै हुण्डाई नेपाल, मेड फर योर जर्नी अभियान पनि सुरु गरेको थियो। हालसम्म करिब २५० गाडी आफ्ना डिलरहरु मार्फत बिक्री गरिसकेको जनाएको छ ।
हुन्डाई ईको प्रारम्भिक मूल्य सीमित अवधिको लागि ४० लाख ९६ हजार कायम गरिएको छ । यद्यपि यसमा हाल चलिरहेको दशैँ तिहार लक्षित योजना र थप डिस्काउन्ट नहुने कम्पनीले जनाएको छ । हाल नेपालमा उपलब्ध भेन्युका अरु भेरियन्टहरुको मूल्य भेन्यु एस १.२ को ५५ लाख ९६ हजार र एसएक्सको ५३ लाख ५६ हजार रुपैयाँ रहेको छ । कम्पनीले मेड ईन नेपाल भेन्युमा १० वर्षको निःशुल्क सर्भिसिङ र तीन वर्षको वारेन्टी प्रदान गर्ने जनाएको छ ।
लक्ष्मी मोटर कर्पोरेशन, नेपालमा लक्ष्मी ग्रुपको लगानी तथा हुण्डाई मोटर कम्पनी सँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो । स्वदेशमा नै उत्पादन गरी देशको औद्योगिकरण, आयात प्रतिस्थापन, रोजगारी सृजना, आन्तरिक राजस्वमा वृद्धि, शीप तथा प्रविधि विकास, सहायक उद्योगको स्थापना, आन्तरिक श्रोत तथा विद्युतको खपत, कुल गृहश्थ उत्पादनमा योगदानका साथ साथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारी साधन उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले जानकारी गराएको छ । लक्ष्मी मोटर कर्पोरेशनले थप भेरिएन्ट तथा अरु मोडेलहरु पनि उत्पादन बढाउँदै जाने योजना रहेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
  • ताजा अपडेट