काठमाडौं,बचतकर्ताको अरबौ रकम अपचलन गरी फरार भएका इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा बागलुङको ढोरपाटन नगरपालिकाका मेयर एबम एमाले नेता देवकुमार नेपाली नयाँ दिल्लीबाट पक्राउ परेका छन ।
मेयर नेपालीलाई शुक्रबार भारतको नयाँ दिल्लीबाट प्रहरीले पक्राउ गरेको हो ।
उनी विरुद्ध २०८० माघमा नेपाल प्रहरीको अनुरोधमा इन्टरपोल मार्फत रेड कर्नर नोटिस जारी गरिएको थियो।
कास्की र बागलुङको इमेज बचत तथा ऋण सहकारी संस्थाको अरबौ रकम अपचलन गरि फरार भएका सहकारीका अध्यक्ष समेत रहेका मेयर नेपाली १६ महिनादेखि फरार रहेका थिए ।
सहकारीका बचतकर्ताको दुई अर्ब रुपैयाँभन्दा बढी बचत रकम हिनामिना गरी उनी २०८० जेठ ५ गतेदेखि सपरिवार फरार भएका थिए ।
सहकारी ठगीमा अध्यक्ष नेपालीसहित सञ्चालकविरुद्ध कास्कीका पाँच सय २४ र बागलुङका एक हजार पाँच सय ४३ बचतकर्ताले गत वर्ष जेठमै उजुरी दिएका थिए ।
जिल्ला अदालत, बागलुङमा उक्त सहकारीका १३ जना सञ्चालकविरुद्ध मुद्दा चलिरहेको छ ।
सहकारी संस्थाको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय विशेष छानबिन समितिले पनि अध्यक्ष नेपालीलगायत सञ्चालकलाई दोषी देखाउँदै कानुनी कारबाहीका लागि सरकारलाई सिफारिस गरेको थियो।
उनले बागलुङ सदरमुकाममा मुख्य कार्यालय रहने गरी जिल्लाको गलकोट र बुर्तिबाङमा पनि सहकारीको शाखा खोलेका थिए ।
नेपाली अध्यक्ष रहेको सोही नामको सहकारी कास्कीको पोखरामा पनि सञ्चालन गरी ठगी गरेका थिए ।
इमेज सहकारी ठगीका मुख्य नाईके ढोरपाटन नगरपालिकाका मेयर एमाले नेता देवकुमार नेपाली आज पक्राउ परेपछि उनिबाट पिडितहरु खुशी भएका छन । नेपालीको ठगीका बारेमा जनसवालले शुरूवातदेखीनै पटक पटक समाचार प्रकाशित गर्दै आएको थियो ।