काठमाडौं । नेपालमा सूचना प्रविधिको उद्यम व्यवसाय गर्दै आएका व्यवसायी तथा उद्यमी रुद्रराज पाण्डेले नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) र त्यसका कर्मचारीहरुमाथि बिना प्रमाण सामाजिक सञ्जालमार्फत गम्भीर आरोप लगाएका छन् । हाल अमेरिकामा रहेका पाण्डेले आफ्नो डियरवाक ग्रुप अन्तरगत रहेको कम्पनी डियरकम्पवेयर लिमिटेडले नेपालमा आइफोन आयात गर्न प्रयास गरेको र त्यसमा प्राधिकरणले स्वीकृति नदिएको भन्दै हालै आफ्नो फेसबुकमार्फत गलत आरोप पोस्ट गरेका छन् ।
आफ्नो अर्को कम्पनीका लागि किनेका आइफोनहरु सिधै दुबईबाट आयात गरेर अवैध वा गैरकानूनी रुपमा नेपालमा ल्याउन खोजेको नेपालमा देखिन्छ । उनको कम्पनीले उत्पादक निर्माता वा ब्राण्ड कम्पनीसँगको कुनै सम्झौता भएको छैन् । सिधै मैले किन आयात गर्न नपाउने भन्ने जिकिर आफैँमा प्रचलित कानुनको विपरीत छ । कागजात नपुर्याई आयात गर्न खोज्नु अवैध मात्र नभई सरकारी राजस्व गुम्ने र ग्रे मार्केटलाई समेत प्रसय दिने हुन्छ ।
निज पाण्डेको आरोपको खण्डन गरी आम उपभोक्ता र सचेत नेपाली नागरिकलाई सही सूचना दिनु हाम्रो पनि कर्तव्य ठानी यो प्रेस विज्ञप्ति जारी गरिएको छ । नेपालमा आधिकारीकरुपमा जेनेरेशन नेक्स्ट कम्युनिकेसन प्रालि अर्थात जेननेक्स्ट भन्ने कम्पनीले आधिकारीकरुपमा आईफोन आयात तथा बितरण गर्दै आएको छ । कम्पनीले सन् २०१२ देखि नै नेपालमा आइफोन भित्र्याउँदै आएको छ । जेननेक्स्टले एप्पलसँग पछिल्लो पटक अगस्ट ५, २०२४ मा आधिकारीक सम्झौता अपडेट गरेको छ । उक्त सम्झौता पत्र ’एनडीए’ अर्थात नन डिस्क्लोजर एग्रीमेन्ट भएको हुँदा बाहिर सार्वजनिक गर्न नमिल्ने भए पनि कम्पनी वा नेपाल दूरसञ्चार प्रासधकरण (एनटीए) बाट हेर्न सकिनेछ । सोही सम्झौता पत्र र अन्य कागजातका आधारमा जेननेक्स्टले नेपालमा आधिकारीकरुपमा आइफोन आयात र बितरण गर्दै आएको प्रष्ट हुन्छ । जेननेक्स्टले आयात गरेर नेपालमा ओलीज स्टोर, इभो स्टोर, लगायतका अन्य रिटेल कम्पनीहरुलाई आइफोन उपलब्ध गराउँदै आएको छ र सोही स्टोरहरुमार्फत आइफोन बेचिन्छन् । अझ महत्वपूर्ण भनेको एप्पलले जेननेक्स्टलाई आइफोन आयात गर्न र बिक्री गर्न दिएको छ भने कम्पनीको नेपालमा प्राविधिक काम गर्न र टाइप अप्रुभलको प्रकृयाका लागि डेल कन नामक छुट्टै कम्पनीलाई जिम्मा दिएको छ ।
टाइप अप्रुभल भनेको सिधा भाषामा रेडियो टेलिकम्युनिकेसन्स उपकरणहरुको निश्चित आयातमा सरकारले कानून अनुसार दिने अनुमति हो । अर्थात नेपालमा भित्रने मोबाइल फोन, राउटर, स्मार्टवाच, स्मार्टब्याण्ड, ट्याबलेट लगायतका सिमसहितको जीपीएस ट्र्याकरलगायतका उपकरणहरुका लागि उक्त अनुमति चाहिन्छ । जसमा सिम प्रयोग हुने गर्दछ र आईएमईआई नम्बर राखिएको हुन्छ । यस बाहेक ल्यापटप पेनड्राइभ कम्प्युटर लगायतका उपकरणहरुका लागि प्राधिकरणबाट त्यस्तो अनुमति लिनुपर्दैन्।
यसलाई खुला आयात गर्न पाइन्छ । एनटीएले दिने दूरसञ्चार ऐनको दफा १३ र १४ अनुसार टाइपअप्रुभलको लागि प्राधिकरणले गाइडलाइन नै बनाएको छ जसलाई बुझ्ने भाषामा ट्याब–४ भनेर चिनिन्छ र त्यो वेबसाइटमा सबैका लागि उपलब्ध छ । यसरी नेपालको प्रचलित नियम कानुनको अधिनमा रहेर वर्षौंदेखि नेपाली जनतालाई सूचना प्रविधिमा उपयोग हुने एप्पलका उपकरणहरु बिक्री वितरण गर्दै आएकामा कुनै एक व्यक्तिले अनधिकृत ढङ्गबाट आफ्ना उत्पादनहरुलाई गैरकानुनी रुपमा नेपालमा आयात गर्न नपाएको आक्रोसमा जथाभावी टिप्पणी गर्ने, राज्यको आधिकारिक निकायको विश्वसनीयता माथि प्रश्न उठाउने र राज्यको राजस्वमा नै कमी ल्याउने अभिप्रायले जसरी दुस्प्रचार गर्न खोजिएको छ, त्यसको हामी घोर भत्र्सना गर्दछौँं । आगामी दिनमा पनि निराधार प्राचार गर्ने, ब्राण्डकै प्रतिष्ठामा आँच पु¥याउने जस्ता हर्कतलाई दोहो¥याएमा बाध्य भएर कानुनी उपचारमा जानुपर्ने हुन्छ ।