बिहिबार, साउन २१ २०८३

बिहिबार, साउन २१ २०८३

मुख्य सचिवमा एकनारायण अर्याल नियुक्त, एनसेलको अनुमतिपत्र नवीकरण गर्ने सरकारको निर्णय

दिनेश डिसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त

बिहिबार, भाद्र १३ २०८१

काठमाडौं(जस)–सरकारले गृहसचिव एकनारायण अर्याललाई नेपालका २८ औँ मुख्यसचिव नियुक्त गरेको छ । बिहिबार साँझ ५ बसेको मन्त्रिपरिषदको बैठकले अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको स्वास्थ्य मन्त्री प्रदीप पौडेलले जानकारी दिए । मुख्य सचिव लीलादेवी गडतौला शुक्रबारदेखि ५८ वर्षे उमेर हदका कारण भदौ १५ गते अनिवार्य अवकाशमा जान लागेसँगै सरकारले मुख्यसचिवमा अर्यालय नियुक्त भएका हुन् ।
मुख्यसचिवका लागि राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवाली, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव रामकृष्ण सुवेदी, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई, र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल प्रतिस्पर्धामा थिए ।
२०२४ मंसिर १० मा जन्मिएका अर्याल मुख्यसचिव नियुक्त भएको अवस्थामा ५८ वर्षे सेवा अवधिका कारण २०८२ मंसिर २४ गतेसम्म अर्थात बढीमा एक वर्ष मुख्यसचिवको जिम्मेवारी पूरा गर्नेछन् । अर्यालले सचिवको रुपमा अर्याल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय, मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा काम गरेका छन् ।
त्यसअघि काठमाडौँको प्रमुख जिल्ला अधिकारी (प्रजिअ), काठमाडौं महानगरपालिकाको प्रमुख कार्यकारी अधिकृत, कलकत्तास्थित महावाणिज्यदूत लगायतको जिम्मेवारी सम्हाली सकेका छन् । गृह प्रशासनमा लामो अनुभव भएका अर्याल निजामती कर्मचारीमा एक इमान्दार, निर्भीक र काबिल प्रशासकको रूपमा चिनिन्छन् । प्रत्येक जिम्मेवारीमा कुशलता र उत्कृष्ट कार्यसम्पादन गर्ने प्रशासकको रुपमा अर्यालले कर्मचारी प्रशासनमा आफ्नो छवि बनाएका छन् ।
एनसेलको अनुमतिपत्र नवीकरण गर्ने सरकारको निर्णय
सरकारले एनसेलको अनुमतिपत्र नवीकरण गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चार किस्तामा बुझाउन सक्ने सुविधासहित एनसेलको अनुमतिपत्र नवीकरण गर्ने निर्णय गरेको हो । एक मन्त्रीका अनुसार अब १० प्रतिशत ब्याज बुझाउने सर्त राखिएको छ ।
दिनेश डिसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त
मन्त्रिपरिषदको बुधबार बसेको बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डीसीलाई नियुक्त गरेको छ । एक मन्त्रीका अनुसार सत्तारुढ एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्ष समेत रहेका डिसीलाई बोर्डको अध्यक्षमा नियुक्त गरिएको हो । फिल्म निर्देशक, अभिनेता तथा संचारकर्मी समेत रहेका डीसी टेलिभिजन र रेडियो कार्यक्रमका निर्माता र प्रस्तोता पनि हुन् । यसअघि बोर्डको अध्यक्षमा भुवन केसी थिए । उनको कार्यकाल सकिएपछि उक्त पद रिक्त रहँदै आएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
  • ताजा अपडेट