शुक्रबार, साउन २२ २०८३

शुक्रबार, साउन २२ २०८३

दोल्ती पावर घाटमा

बिहिबार, फाल्गुन १० २०८०

काठमाडौं, १० फागुन । दोल्ती पावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा घाटा व्योहोर्नु परेको छ । कम्पनीलाइ ९८ लाख ७२ हजार रुपैयाँको नोक्सानी भएको छ ।

 

गत वर्षको पनि कम्पनीले पनि २ करोड २३ लाख ४५ हजार रुपैयाँ नोक्सानी व्यहोरेको थियो । कम्पनीका अनुसार विद्युत् बिक्रीबाट हुने आम्दानी बढेसँगै यसको नोक्सानी घटेको हो ।

 

विद्युत् बिक्रीबाट हुने आम्दानी ४.९३ प्रतिशतले बढेर ५ करोड ८३ लाख ४९ हजार रुपैयाँ पुगेको छ । चुक्ता पुँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी १ रुपैयाँ ८४ पैसा र प्रतिसेयर नेटवर्थ ७१ रुपैयाँ ३ पैसा छ । 

 
 

प्रतिक्रिया
सम्बन्धित समाचार