शनिबार, साउन २३ २०८३

शनिबार, साउन २३ २०८३

लोकदर्शन बचत तथा ऋण सहकारीको अध्यक्षमा पुनः कटुवाल

आइतबार, पुष २९ २०८०

काठमाडौं(जस)–लोकदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औं साधारण सभाले पुनः प्रेमबहादुर कटुवालको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ । वैदेशिक रोजगार व्यवसायीहरुद्वारा प्रवद्र्धित संस्थाको शुक्रबार सम्पन्न १४औं साधारण सभाले आगामी ४ वर्षका लागि ब्लु स्काइ इन्टरनेशनल प्रालिका सञ्चालकसमेत रहेका वरिष्ठ व्यवसायी कटुवाललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
सञ्चालक समितिको उपाध्यक्षमा व्यवसायी अब्दुल सतार, सचिवमा अधिवक्ता देवराज कटुवाल, कोषाध्यक्षमा व्यवसायी रामप्रसाद भान्तना तथा सञ्चालक समितिको सदस्यहरुमा व्यवसायीहरु विष्णु कुमारी गुरुङ, मदन कुमार महत र टिका शिवाकोटी चयन भएका छन् । साधारण सभाले वरिष्ठ व्यवसायीहरु दिल प्रसाद पोखरेल, भरतसिंह थापा र उत्तरमान लामालाई सल्लाहकारमा चयन गरेको छ ।
कार्यसमिति चयनका लागि दिल प्रसाद पोखरेलको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो । सो समितिको सदस्यहरुमा फहिम शाह र कौशल्या श्रेष्ठ रहेका थिए । साधारण सभाले अध्यक्ष कटुवालले पेश गरेको आर्थिक वर्ष २०७९÷०८०को वार्षिक प्रगति प्रतिवेदन, सचिव देवराज कटुवालले प्रस्तुत गरेको चालु आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम तथा कोषाध्यक्ष राम प्रसाद भन्तनाले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९÷०८० को आर्थिक प्रतिवेदन पारित गरेको छ । संस्थाका सचिव देवराज कटुवालद्वारा सञ्चालित कार्यक्रममा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष तारा प्रसाद भट्टराई, भरत सिंह थापा, वरिष्ठ व्यवसासी मदन खड्कालगायतले लोकदर्शन सहकारीलाई शुभकामनाका साथ विभिन्न सुझाव दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार