शनिबार, साउन २३ २०८३

शनिबार, साउन २३ २०८३

अद्धैतमार्गको सर्वाेत्तम सहकारी पनि ठगीकै सूचीमा,अध्यक्ष विनोद खनाल महिनौंदेखि फरार

शुक्रबार, पुष २७ २०८०

 देशका प्रमुख शहरमा च्याउ सरी खुलेर सर्वसाधारणलाई प्रलोभनमा पारेर उनीहरुको बचत रकम ठगी गरेको आरोप खेपिरहेका सहकारी मध्ये झण्डै ८० प्रतिशत सर्वसाधारण उपत्यकाकै सहकारीबाट ठगीएका छन् ।

यसै सिलसिलामा बागबजारमा नेपाल प्रहरी क्ल्वको ठ्याक्कै पछाडि अद्धैतमार्गमा सञ्चालनमा रहेको सर्वाेत्तम बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले पनि कयौं सर्वसाधारणलाई ठगी गरेको पाइएको छ । कतिपय बचतकर्ताको मुद्धती (फिक्स डिपोजिट)मा जम्मा गरेको रकम अवधि पुगिसकेर पनि फिर्ता पाउन त परैको कुरा फरार रहेको यसका एक्ला चल्तापूर्जा सञ्चालक विनोद खनाललाई भेट्न, मोवाइलमा सम्पर्क गर्न समेत पाइरहेका छैनन् । सहकारी त बन्दै छ, खुल्न छाडेकै महिनौं भइसक्यो ।

देखावटी रहेका अन्य सञ्चालकले समेत यतीबेला सहकारीका नाममा जम्मा गर्न लगाएको रकम अध्यक्ष खनालले नै आफूखुसी प्रयोग गरेर संस्थालाई धराशायी बनाएको आरोप लगाउन थालेका छन् । धादीड्ग घर भएका खनालले सहकारीमा अन्य सञ्चालक र कर्मचारीलाई समेत जम्मा भएको बचत रकम कता प्रयोग भैरहेको छ भन्ने बारेमा खासै जानकारी दिने नगरेको पछिल्ला दिनमा आएर सबैले बुझेका छन् । सर्वाेत्तम सहकारीका पिडीत बचतकर्ताले एकजुट भएर सञ्चालक विनोद खनालका विरुद्ध ठगीमा उजुरी दिने तयारी गरिरहेको बताइएको छ ।

यतीबेला फरार जस्तै रहेका सर्वाेत्तम सहकारीका अध्यक्ष विनोद खनाल कुनै पनि बचतकर्ताको सम्पर्कमा छैनन् । उनी कार्यालय जान छाडेको महिनौं भइसक्यो । कार्यालयमा बाहिरपट्टी टाँगिएको साइनबार्ड पनि झिकिएको छ । ढोकामा ताल्चा झुण्ड्याइएको अवस्था छ । यदाकदा ‘एस म्यान’लाई सहकारीको कार्यालय खोल्न पठाइए पनि त्यहाँ पुगेका बचतकर्तासँग आफूहरुलाई सहकारीका बारे केही जानकारी नभएको भन्दै पिडीत बचतकर्तालाई चित्त बुझ्दो जवाफ समेत नदिएरै उम्कन खोज्छन् । अध्यक्ष विनोद खनालले ९८०१११८८७१, ९८४१९६०६२६, ९८२२७६८९१८ नम्बरका मोवाइल बोक्छन् । अधिकांश समय ति सबै मोवाइल स्वीच अफ नै हुन्छन् । यदाकदा कतै सम्पर्क गर्नु परेर कुनै नम्बरको मोवाइल खोलीहालेको अवस्थामा पनि बचतकर्ताले गरेको फोन उठाउँदैनन् खनाल

प्रतिक्रिया
सम्बन्धित समाचार