शनिबार, साउन २३ २०८३

शनिबार, साउन २३ २०८३

ग्लोबल आइएमई बैंककाे नयाँ याेजना सार्वजनिक, ग्लोबल रेमिटमार्फत विदेशबाट पैसा पठाउँदा २५० रुपैयाँसम्म क्यासब्याक

बिहिबार, पुष २६ २०८०

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ याेजना ल्याएकाे छ । बैंकले ग्लोबल रेमिटमार्फत विदेशबाट पैसा पठाउँदा २५० रुपैयाँसम्म क्यासब्याक पाइने योजना सार्वजनिक गरेको हाे ।

(पैसा आउने, थपेर पाउने ) नारा सहित सार्वजनिक गरेको क्यासब्याक योजनामा ग्लोबल रेमिटमार्फत विदेशबाट ग्लोबल आइएमई बैंकमा रहेको खातामा पैसा पठाउँदा २५० रुपैयाँसम्मको क्यासब्याक पाइनेछ । बैंकले रेमिट्यान्स कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ ग्लोबल रेमिटमार्फत विदेशबाट पैसा पठाउने व्यक्तिले यस क्यासब्याक योजनाअन्तर्गत २५ हजार रुपैयाँसम्म पैसा पठाउँदा १०० रुपैयाँ, त्यसैगरी ५० हजार रुपैयाँसम्म पैसा पठाउँदा २०० रुपैयाँ र ५० हजार रुपैयाँभन्दा बढि पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक प्राप्त गरिनेछ ।

ads
यो योजना जनवरी ३१ सम्म लागू हुनेछ । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय सूचक अनुसार मुलुककै सबैभन्दा ठुलो वाणिज्य बैंक हो । बैंकले देशका ७७ वटै जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्करवैदेशिक प्रतिनिधि कार्यालय सहित १,१०० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार