शनिबार, साउन २३ २०८३

शनिबार, साउन २३ २०८३

कुमारी बैंकले घटायो ब्याजदर

शनिबार, मंसिर २३ २०८०

काठमाडौं,कुमारी बैंकले निक्षेपको ब्याजदर ह्वात्तै घटाएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा मार्फत ब्याजदर घटाउने योजनासहित बैंकदर, नीतिगत दर र निक्षेपको बोल कबोल दर घटाएसँगै कुमारी बैंकले सोही अनुसार नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।
मंसिर २४ गतेबाटै लागु हुने गरि कुमारी बैंकले एक बर्ष भन्दा बढी अवधीको मुद्धति निक्षेपको ब्याजदर ९.६१० प्रतिशत कायम गरेको छ । यस अघि ६ महिना भन्दा बढी अवधीका लागि बैंकले १०.०१० प्रतिशतले ब्याजदर दिएको थियो । अब भने ९.६१० प्रतिशत मात्रै ब्याज दिने बैंकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार