शनिबार, साउन २३ २०८३

शनिबार, साउन २३ २०८३

हिमालयन रिइन्स्योरेन्सको आइपिओले रच्यो इतिहास, अहिलेसम्मकै सर्वाधिक आवेदनको रेकर्ड 

बुधबार, मंसिर २० २०८०

काठमाडौं, हिमालयन रिइन्स्योरेन्सको प्रीमियम आइपीओले इतिहास रचेको छ । हिमालयन रिइन्स्योरेन्सको आइपिओले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि आवेदन खुलाएकोमा सर्वाधिक आवेदनको रेकर्ड हासिल गरेको हो ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि मंसीर ४ गते देखि आइपीओको बिक्री खुला गरेको थियो, जसमा ३४ हजार २११ जनाले आवेदन दिएका छन । वैदेशिक रोजगगारीमा रहेका नेपालीहरुका लागि खुलाईएको आइपीओमा यो नै सर्वाधिक आवेदनको रेकर्ड हो ।
यसअघि कुनै पनि कम्पनीको आइपीओमा वैदेशिक रोजगारीमा गएकाहरुमध्ये ३० हजार ३४८ जनासम्मको मात्रै आवेदन परेको थियो ।
तर हिमालयन रिइन्स्योरेन्सको ४५ लाख ८४ हजार ८१० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीबाट माग भएको थियो । उनीहरुका लागि आवेदन भर्ने म्याद मंसिर १८ सम्ममा राखिएको थियो ।
हिमालयन रिले अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँका दरले आइपिओ निष्कासन गर्ने अनुमती पाएको थियो । यस्मा तिब्र बिरोध समेत भएको थियो ।
कम्पनीको जारी पुँजी १० अर्ब रुपैयाँ रहेको छ । कम्पनीले चुक्ता पुजिको ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याइएको हो । यही ३० प्रतिशतबाट वैदेशिक रोजगारीमा गएकाहरुले ३० लाख कित्ता सेयर पाउने छन । कम्पनीले आवेदनबाट धेरै उत्साही भएको जनाएको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार