zestkhabar

बुधबार, मंसिर १३ २०८०

  • बुधबार, मंसिर १३ २०८०
Janasawal - कुमारी बैंकको सीईओमा रामचन्द्र खनाल नियुक्त

कुमारी बैंकको सीईओमा रामचन्द्र खनाल नियुक्त

कुमारी बैंकको सीईओमा रामचन्द्र खनाल नियुक्त


  • जनसवाल
  • आइतबार, मंसिर ३ २०८०
3.2K
SHARES

काठमाडौं । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रामचन्द्र खनाल नियुक्त भएका छन् । शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले खनाललाई सीईओमा नियुक्त गरेको हो ।

यसअघि पनि कुमारी बैंकको सीईओ रहेका खनाल कुमारी र एनसीसी बैंक एकआपसमा मर्जर भएपश्चात वरिष्ठ डीसीईओ भएका थिए । तर एनसीसी बैंकबाट सीईओ भएका रमेश अर्यालले राजीनामा दिएसँगै खनाललाई पुनः सीईओमा नियुक्त गरेको हो ।

बैंक संचालक समितिले शुक्रकार (आज) नै अर्यालको राजीनामा स्वीकृत गर्दै खनाललाई सीईओ नियुक्त गरेको हो । बैंकिङ क्षेत्रमा डेढ दशक लामो अनुभव रहेको खनाल पेशाले चाटर्ड एकाउन्टेन्ट हुन् ।

आफु सीईओ भएसँगै मर्जर मश्चातको सिनर्जी निकाल्ने जिम्मेवारी आफुमा आएको खनालले बताए । सिद्धार्थ बैंकबाट बैंकिङ करियरमा प्रवेश गरेका खनाल सफल बैंकरको रुपमा परिचित छन् । उनले आफ्नो करियरको छोटो समयमै सीईओ बन्न सफल भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा

ताजा अपडेट