शनिबार, साउन २३ २०८३

शनिबार, साउन २३ २०८३

एनआरएनए युरोप युवा संयोजक प्रकाश भण्डारीद्वारा माल्टामा द लिफि लन्ज क्याफे एण्ड बार संचालन

सोमबार, कार्तिक २७ २०८०

माल्टा-गैरआवासीय नेपाली संघ(एनआरएनए) युरोप युवा संयोजक प्रकाश भण्डारीले माल्टामा उत्कृष्ट लन्ज (रेष्टुरेन्ट) सञ्चालनमा ल्याएका छन । माल्टाको बुजिबाको इमासल र मेरी बस स्टेप नजिकै द लिफि लन्ज क्याफे एण्ड बार खुलेको छ ।
उक्त रेस्टुरेन्टमा बगैंचाको झल्को दिने गरि लन्जलाई सजाइएको छ । भण्डारीले नेपालको झल्को दिने गरी पातैपातले उक्त रेष्टुरेन्ट सजाएका छन । गुन्द्रुक, ढिडो, कोदोको रोटी देखि युरोपियन खाना, खाजाका लागि लिफि लन्ज खोलिएको हो । सञ्चालक भण्डारीले उक्त रेस्टुरेन्टमा युरोपियन/एसियन फुड्सहरु उपलब्ध गराइने बताए ।
उनका अनुसार रेस्टुरेन्टमा एकसाथ ६५ जनाले खाजा/ खान मिल्ने स्पेश रहेको छ । उक्त रेस्टुरेन्टलाई ब्रेकफास्ट, लन्च, डिनर, बारका लागि स्पेसल रेष्टुरेन्ट बनाईएको भण्डारीले बताए । उक्त रेस्टुरेन्टमा खानाका विविध परिकारसहित म्युजिक सहितको ककटेल, मकटेल्स, वाइन सुविधा पनि रहेको छ ।
नेपाली मम, चाउमिन, सेकुवा, गुन्द्रुक, ढिडो, माल्टिज स्पेशल बर्गर, पास्ता, ग्रिल ग्राहकको बढी रोजाइमा पर्दै आएको छ । लिफि लन्जभित्र भिआइपी क्याबिन, प्राइभेट स्पेशहरु पनि रहेका छन ।
वर्थ डे, एनिभर्सरी, मिटिङ, सेमिनार लगायतका गतिविधिहरु गर्ने प्रयाप्त स्पेशहरु पनि रहेका छन ।

हाल बिहानको कफि देखि रातिको खानासम्म सबै सेवाहरु सुरु भएका छन । लन्जभित्र नेपालीपन झल्काउने झण्डा, बिरताको प्रतिक खुकुरी सजाएर राखिएको छ । भण्डारी ८ वर्षदेखि माल्टामा ब्यावसाय गर्दै आएका छन । दुवईमा २ वर्ष स्टोर म्यानेजर काम गरेका उनी सन २०१६ मा माल्टा
पुगेका थिए ।
बाग्लुङ गलकोटका भण्डारी माल्टामा सफल व्यवसायीका रुपमा चिनिन्छन । भण्डारीले एनआरएनए माल्टा स्थापना गर्न ठुलो योगदान गरेका थिए ।
एनआरएनएको युरोप युवा संयोजकमा नवनिर्वाचित भण्डारी एनआरएनए माल्टाको पूर्व उपाध्यक्ष, वर्तमान सल्लाहकार, नेपाल माल्टा च्यारिटीको अध्यक्ष समेत रहेका छन ।
भण्डारीले उक्त रेस्टुरेन्टलाई माल्टाको उत्कृस्ट बनाउने र युरोपभर रेस्टुरेन्टको ब्रान्च खोल्दैजाने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार