शनिबार, साउन २३ २०८३

शनिबार, साउन २३ २०८३

ग्लोबल आइएमई बैंकको दशैं विशेष टिकटक प्रतियोगिता हुने

आइतबार, असोज २८ २०८०

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले युवा युवतीहरुमा वित्तीय साक्षरता बढाउँदै डिजिटल बैंकिङ सेवालाइ प्रवर्द्धन गर्न दशैंको अवसरमा टिकटक प्रतियोगिता संचालन गरेको छ । उक्त प्रतियोगितामा सहभागिता हुन बैंकको टिकटक पेजमा गई बैंकले दशैंको सामग्रीहरु समावेश गरी तयार गरेको गितमा आफ्नो टिकटक बनाइ बैंकले सार्वजनीक गरेको शर्तहरु पुरा गरी आफ्नो टिकटक पेजमा प्रकाशित गर्नुपर्ने बैंकले जनाएको छ ।

प्रतियोगितामा सहभागि मध्य धेरै लाईक आउने तीन जना सहभागिलाई क्रमशः प्रथम पुरस्कार ६० हजार रुपैयाँ, दोस्रो पुरस्कार ३५ हजार रुपैयाँ र तेस्रो पुरस्कार २५ हजार रुपैयाँ प्रदान गरिनेछ । यो प्रतियोगितामा सहभागि हुन कात्र्तिक १२ गतेसम्म टिकटक प्रकाशन गरिसक्नुपर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार