zestkhabar

बुधबार, मंसिर १३ २०८०

  • बुधबार, मंसिर १३ २०८०
Janasawal - भैरहवाको टाइगर प्यालेस रिसोर्टमा गैरआवासीय नेपालीको लगानी

भैरहवाको टाइगर प्यालेस रिसोर्टमा गैरआवासीय नेपालीको लगानी

भैरहवाको टाइगर प्यालेस रिसोर्टमा गैरआवासीय नेपालीको लगानी

पाँचतारे रिसोर्टमा एनआरएन अध्यक्ष कुल आचार्य, महासचिव केशव पौडेल, बुद्दीसागर सुवेदी र दीपक गौतमको लगानी


  • जनसवाल
  • मंगलबार, साउन २३ २०८०
36.7K
SHARES

काठमाडौं, भैरहवामा रहेको टाइगर प्यालेस पाँचतारे रिसोर्ट गैर आवासीय नेपालीहरुले खरिद गरेका छन । अमेरिकामा हायात, होलिडे इनलगायत होटल संचालन गरिरहेका एनआरएनए अमेरिकाका निवर्तमान अध्यक्ष बुद्धिसागर सुवेदी,युकेमा होलीकाउ लगाएत संचालन गरिरहेका एनआरएनए अध्यक्ष कुल आचार्य,महासचिव केशव पौडेल,एनआरएनए क्यानडाका अध्यक्ष दीपक गौतम लगायतले समूहले खरिद गरेको हो ।
सुवेदी अध्यक्ष रहेको हिमालयन टाइगर इन्भेष्टमेन्ट एलएलसी कम्पनीले टाइगर प्यालेसको लगानीकर्ता कम्पनी सिल्भर हेरिटेज इन्भेष्टमेन्ट कम्पनी खरिद गरेको सुवेदीले बताए । हिमालयन टाइगर कम्पनी अमेरिकाको डेलावेयरमा दर्ता रहेको कम्पनी हो । टाइगर प्यालेसमा करिब तीन करोड ६० लाख अमेरिकी डलर विदेशी लगानी ल्याएको सिल्भर हेरिटेजले लामो समयदेखि रिसोर्ट बिक्री गर्ने प्रयास गरिरहेको थियो तर, रिसोर्ट बिक्री हुन सकेको थिएन । सुवेदीसहितको एनआरएनए समूहले हङकङमा दर्ता रहेको सिल्भर हेरिटेजको शेयर हङकङमै खरिद गरेपछि रिसोर्टको स्वामित्व हिमालयन टाइगर कम्पनीमा सरेको छ ।
करिव एक वर्षदेखिको प्रयासपछि यो सम्झौता सम्भव भएको सुवेदीले जनसवालसँग बताए । उनले आफुहरुले नेपाल सरकारलाई बुझाउनुपर्ने दायित्व, बैंकको ऋण, कर्मचारीलाई बुझाउनुपर्ने रकमसमेत सबैको दायित्व सकारेको जनाउदै उक्त रिसोर्टको लागत पाँच अर्ब रुपैयाँभन्दा बढी पुग्ने बताए । हिमालयन टाइगरका अध्यक्ष तथा गैरआवासीय नेपाली संघ अमेरिकाका निवर्तमान अध्यक्ष
सुवेदीले अमेरिकामा हायात, होलिडे इन, ह्याम्पटन, विज्डमलगायत ठूला अन्तर्राष्ट्रिय चेन ब्रान्डका होटेलहरु र अन्य विभिन्न कम्पनीहरु सञ्चालन गरिरहेका छन । उनीलगायतको समूहले अमेरिकाको सिकागो, वासिंगटन डिसी, नर्थ क्यारोलिना, लुजियानालगायत ठाउँमा चेन होटेल संचालन गरिरहेका छन ।
यो खरिद–बिक्री नेपालमा भएका ठूला किनबेचमध्ये एक रहेको छ । विदेशी लगानी हुने गरी उक्त होटलको सेयर खरिद–बिक्री भएको हो ।
यसअघि अमेरिकामै रहेका व्यवसायी खगेन्द्र जिसी तथा नेपालका व्यवसायी बालकृष्ण भुसाल र सिएन पाण्डेले खरिद प्रक्रिया अगाडि बढाएका थिए । उनिहरु असफल भएका थिए । यस्तै २०७६ साउनमा मलेसियामा रहेका इन्द्रबहादुर थापालाई ‘केही व्यवसायी’ ले ‘डमी’ का रूपमा अगाडि सारेर उक्त रिसोर्ट खरिदका लागि प्रक्रिया अगाडि बढाए पनि सफल हुन सकेका थिएनन।
रुपन्देही तिलोत्तमा नगरपालिका कोटिहवामा १७ बिघा क्षेत्रफलमा फैलिएको रिसोर्टमा क्यासिनोसमेत सञ्चालनमा रहेको छ। रिसोर्टमा १ सय ५ कोठा रहेका छन । विवादकै कारण लामो समयदेखि लगानीकर्ताले रिसोर्ट बेचेर नेपालबाट बाहिरिन खोजेको थियो । तर, पटक–पटक भएको डिल भङ्ग हुँदै आएको तर सुवेदी भने सफल भएका छन ।
२०७४ सालबाट सञ्चालनमा रहेको रिसोर्टमा हङकङको सिल्भर हेरिटेज ग्रुपको ५ अर्ब २० करोड लगानी रहेको थियो । उक्त ग्रुपको नेपालस्थित सहायक कम्पनी सिल्भर हेरिटेज इन्भेस्टमेन्ट प्रालिले उक्त कम्पनी सञ्चालनमा ल्याएको हो।
सुवेदीले हिमालयन टाइगर
कम्पनी खोलेर आफ्नो अमेरिकाको १५ वर्षभन्दा बढी होटल व्यवसायमा गरेको अनुभव नेपालमा उपयोग गर्ने सोचका साथ यस क्षेत्रमा प्रवेस गरेको बताए । नेपालमा अदालतको आदेशलगायत केही जटिलताका कारण आफूहरुले हङकङमा खरिदबिक्री गरे पनि यहाँ तिर्नुपर्ने सबै दायित्व तिर्ने सुवेदीले बताए । हामी नेपालमा ठूलो नाफा गरौंला भनेर आएका होइनौं सुवेदीले भने विदेशमा काम गरियो, त्यसबाट मातृभूमिलाई पनि योगदान गरौं भनेर आएका छौं, सरकारलाई तिर्नुपर्ने जति दायित्व सृजना हुन्छ, त्यो सबै तिरेर व्यवसाय गर्ने छौं । यो प्रोजेक्ट एनआरएनएको सामुहिक लगानीअन्तर्गत नै रहेको उनले बताए ।
तीन करोड ६० लाख अमेरिकी डलर विदेशी लगानी ल्याएको सिल्भर हेरिटेजले ठूलो घाटा खाएर रिसोर्ट बिक्री गरेकाले पुँजीगत लाभकर सम्भवतः तिर्न नपरेपनि दुई वर्षदेखि क्यासिनोको रोयल्टी भने तिरिएको रहेनछ त्यो लगाएत सरकारलाई तिर्नुपर्ने सबै दायित्व आफूहरुले ३० दिनभित्रमा चुक्ता गर्ने सुवेदीले बताए ।
आफुहरुले नेपाल सरकारको नियमकानुन र अदालतको फैसलाको पालना गरेर रिसोर्ट सञ्चालन गर्ने सुवेदीले जनसवाललाई बताए । उनले यो रिसोर्टमा आफ्नो लगानी रहे पनि यो बिश्वमा रहेका सबै गैर आवासीय नेपालीहरुको रहेकाले सबैलाई माया गर्न आग्रह गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा

ताजा अपडेट