काठमाडौं(जस)–नेकपा एमाले गण्डकीले ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई प्रदेश सदस्यबाट निलम्बन गरेको छ । इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष समेत रहेका देवकुमारले बचतकर्ताको रकम हिनामिना गरेको पुष्टि भएपछि एमालेले उनलाई निलम्बन गरेको हो । उनी गएको निर्वाचनमा एमालेकै टिकटबाट मेयरमा निर्वाचित भएका थिए ।
एमाले नेता एबं ढोरपाटन नगरपालिकाका मेयर अरबौ ठगेर बेपत्ता, देवकुमार नेपाली सहित ईमेज सहकारीका ७ जना बिरुद्द गृहको पत्र,मेयर नेपालीका काण्डै-काण्ड
पार्टीको मंगलबारको बैठकले घटनाको निरुपण नहुँदासम्मका लागि उनलाई प्रदेश कमिटीको सदस्यबाट निलम्बन गरेको एमाले गण्डकीका सचिव धनञ्जय दवाडीले जानकारी दिए । एमाले गण्डकीद्वारा जारी विज्ञप्तिमा बचतकर्ताहरुले जिल्ला प्रशासन कार्यालय बागलुङमा उजुरी दिएको र संस्थाका पदाधिकारीहरुलाई यात्रा अनुमति रद्द गर्न भनी गृह मन्त्रालयले निर्देशन जारी गरेको तथ्यस मेत जगजाहेर रहेको उल्लेख गर्दै सरकारी निकायबाट सुरु गरिएको छानबिन प्रक्रियामा सघाउन सबैसँग आग्रह पनि गरिएको छ।
विज्ञप्तिमा घटनामा आरोपित सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपाली र अन्य सबै सञ्चालकहरुलाई बचतकर्ताको सम्पूर्ण रकम शिघ्र फिर्ता गर्न आग्रह पनि गरिएको छ । देवकुमार गएको शुक्रबारदेखि सम्पर्कविहीन छन् । उनीमाथि सर्वसाधारणबाट संकलित करोडौं रुपैयाँ हिनामिना गरेको आरोप छ ।