zestkhabar

बुधबार, मंसिर १३ २०८०

  • बुधबार, मंसिर १३ २०८०
Janasawal - एमाले नेता एबं ढोरपाटन नगरपालिकाका मेयर अरबौ ठगेर बेपत्ता, देवकुमार नेपाली सहित ईमेज सहकारीका ७ जना बिरुद्द गृहको पत्र,मेयर नेपालीका काण्डै-काण्ड

एमाले नेता एबं ढोरपाटन नगरपालिकाका मेयर अरबौ ठगेर बेपत्ता, देवकुमार नेपाली सहित ईमेज सहकारीका ७ जना बिरुद्द गृहको पत्र,मेयर नेपालीका काण्डै-काण्ड

एमाले नेता एबं ढोरपाटन नगरपालिकाका मेयर अरबौ ठगेर बेपत्ता, देवकुमार नेपाली सहित ईमेज सहकारीका ७ जना बिरुद्द गृहको पत्र,मेयर नेपालीका काण्डै-काण्ड


  • जनसवाल
  • मंगलबार, जेष्ठ ९ २०८०
13.8K
SHARES

काठमाडौं, बागलुङको ढोरपाटन नगरपालिकामा रहेको इमेज सहकारीको करोडौं रुपियाँ ठगी गरेर फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर तथा एमालेका नेता देवकुमार नेपालीसहित सहकारीका सात जना विदेश भाग्न सक्ने भन्दै गृहमन्त्रालयले पत्राचार गर्दै यात्रा अनुमति रद्द गरेको छ । जिल्ला प्रशासन कार्यालय बागलुङको पत्रअनुसार अध्यागमन विभाग, कालिकास्थान, काठमाडौंले नेपालीसहितका सात जना विदेश भ्रमण गर्न नपाउने भन्दै परिपत्र जारी गरेको हो ।
इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष,नेकपा एमालेका नेतासमेत रहेका मेयर नेपाली गत शुक्रवारदेखी सम्पर्कविहीन भएका छन । अध्यक्ष नेपालीले सहकारी संस्थाको अरबौ रकम हिनामिना गरेको सेयर सदस्यहरूको आरोप छ ।
बागलुङकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले इमेज सहकारीका संस्थापक अध्यक्ष नेपालीविरुद्ध धेरै उजुरी परेको बताईन । उनले जिल्ला प्रशासन कार्यालयमा इमेज सहकारीका सेयर सदस्यहरुले मेयर नेपाली भागेको भन्दै निवेदन लिएर आएपछि आफूले सम्पर्क गर्न खोज्दा उनी सम्पर्कविहीन भएको बताईन ।
नगरपालिकाका उप–प्रमुख धनबहादुर कायतले आफूलाई कार्यवाहक नगर प्रमुख दिएर मेयर नेपाली सम्पर्कविहीन भएको बताए । कायतलाई कार्यवाहक पनि नेपालीले आफन्तमार्फत पठाएका थिए ।
गृहमन्त्रालयले अद्यागमन विभागलाई पत्र लेख्दै सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपाली, कार्यबाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन, सञ्चालक चित्रबहादुर भण्डारी, सदस्यद्वय रुपा बिक र झगबहादुर शाही फरार हुन सक्ने भन्दैै उनीहरू सबैको यात्रा अनुमति रद्द गरेको जनाएको छ । हुन त सहकारीका अध्यक्ष नेपालीले सहकारीको नियमलाई नमानी आफ्नै नातेदार र कर्मचारीलाई केही तलव दिएर सहकारीको संचालक बनाउदै आएका थिए । केही पहिला सहकारीमा समस्या देखीएपछी उनले आफ्नै नातेदार डोरबहादुर परियारलाई कार्यबाहक अध्यक्ष देखाएर आफू कारवाहीबाट बच्ने प्रयास गरेका थिए । नेपालीले सहकारीको नियमलाई धोती लगाएर सहकारी विभागका केही हाकिमलाई प्रयोग गरेर बर्षौ देखी मनोमानी रुपमा सहकारी संचालन गर्दै आएका थिए । नेपालीको मनोमानीलाई सहकारी विभागले नदेखेको जस्तो गरेर उनलाई ठगीमा सहयोग गर्दै आएको सेयर सदस्यहरु नै बताउछन । मेयर नेपालीले धेरै पहिले देखी नै योजनाबद्द ढंगले सहकारी ठग्ने योजना बनाएको प्रस्ट देखिन्छ । उनले गण्डकी प्रदेशका अन्य सहकारीभन्दा ५/७ प्रतिशत बढी ब्याज दिएर फिक्स डिपोजिट उठाउने गरेका थिए । नेपालीले आफ्नो ४ शाखाबाट दैनिक पैसा संकलन गर्ने तर सदस्यलाई ऋण लगानी नागर्ने गरेका थिए ।

मेयर नेपालीका काण्डै-काण्ड
हुन त मेयर नेपालीका ढोरपाटनमा धेरै काण्डै काण्डहरू रहेका छन । आफ्नो जेठी श्रीमतीलाई छाडेर कान्छी श्रीमती तिब्बतीयन शरणार्थीलाई विवाह गरेका एमालेका नेता समेत रहेका मेयर नेपाली २०५७ सालमै गाऊमा बस्न नसक्ने भएपछि भागेर कान्छी बुढीसङ्गै पोखरा पुगेका थिए । तेती बेला उनले नेपाल बैंक लि बुर्तीबाङबाट लिएको ८ लाख ऋण नतिरेपछि सम्पुर्ण सम्पत्ती लिलाम भएको थियो । तेतीमात्रै होइन नेपालीले नेपाल बैंक लि बुर्तीबाङ शाखाका खन्जाजी सुर्य बरालसँग मित लगाएर आफ्नै काका प्रेम बहादुर दर्जी लगाएत १५० भन्दा बढी स्थानीयको जग्गा धितो राखेर प्रति ब्यक्ती २० देखी ३० हजार ऋण लिई उक्त रकम हात पार्न सफल भए । पछि नेपालीले उक्त ऋण तिरेनन र कान्छी श्रीमती छेलासङ्गै पोखरा भागे । नेपाल सरकारले किसानहरुको ३० हजारभन्दा कमिको ऋण मिनाहा गर्दा ती गाउलेको जग्गा फुकुवा भएर राहत पाए भने नेपालीलाई लाखौ चिठ्ठा पर्यो । तेसपछि पोखरा गएर साइकल मर्मत गर्ने पसल खोलेका नेपालीले पोखरास्थित सुर्यदर्शन सहकारीका मेनेजर दिपक पौडेलसहितको कर्मचारीलाई ल्याएर पौडेललाई नै मेनेजर बनाएर ठगीको योजनासहित सहकारी संचालन गरेका थिए । यो सहकारी नेपालीको सिंगल कम्पनी रहेको यस्का अन्य संचालकहरुले नै बताए । उनिहरुले आफुहरु तलब खाएर काम गर्ने कर्मचारी भएको समेत दावी गरे । हुन त अध्यक्ष नेपालीले सहकारी विभागको मिलेमतोमा कहिलै साधारण सभा नगरी आफ्नो मनोमानीले २० वर्ष सहकारी चलाएर ७ अर्व ठगी गरे ।
नेपालीको काठमाडौंको सुकेधाराको चोकमा करीव पाँच रोपनी जग्गामा बनेको घर छ । नेपालीले आफ्नो नाममा भन्दा पनि श्रीमती र अन्यको नाममा सम्पत्ती राख्ने गरेका छन । उनको बाग्लुङको बुर्तीवाङमा दरवार होटलसहित आफू बस्ने घर सहित ९ रोपनी जग्गा,बाग्लुङ बजारमा ईमेज कम्प्लेक्स,बाग्लुङको हलनचोकमा कर्मा कम्प्लेक्स,बाग्लुङको कालीगण्डकी फिल्म हल २ रोपनी जग्गासहित, ईमेज कम्प्लेक्स,पोखरामा कर्मा कम्प्लेक्स, गोंगबुमा घर र जग्गा,पोखरामा ५ वटा घर रहेको छ । मेयर नेपालीले आफ्नो श्रीमती छेलामार्फत तिब्बती शरणार्थीहरूलाई नेपाली नागरिकता बनाएर अमेरिका पठाउने धन्दा पनि चलाउने गरेका थिए । तेती मात्रै होईन नेपालीले आफ्नो श्रीमती छेलामार्फत तिब्बती शरणार्थीहरूलाई इमेज सहकारीमा बिना नागरिकता, कागजपत्र खाता खुलाउने र तिब्बती शरणार्थीहरूले २ नम्बरी धन्दा गरेको पैसा फिक्स डिपोजिटमा राख्ने गरे । अहिले पनि उनिहरुको करोडौ रकम अबैधानीक रुपमा सहकारीमा रहेको गत विहिवार जनसवालसँगको टेलिफोनमा नेपालीले बताए । मेयर नेपालीले संभव हुदासम्म आफ्नो सम्पती बेचेर ऋण तिर्ने दावी गरेपनि उनले भनेको जग्गा र सम्पत्तीहरु प्राय सबै बैंकमा धरौटीमा राखिएको भेटिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा

ताजा अपडेट