बिहिबार, फाल्गुन १२ २०७८
निश्चल दाहाल, कचनकवल झापा – मानव सभ्यताको उदयदेखी विभिन्न वाद हरु समयानुकूल आवश्यक भनी चिन्तन गरि त्यसलाइ सिद्धान्तको रुपमा स्थापित गरिएको या गराउन खोजिएको इतिहास र बर्तमान दुबै छन। कुनै देशको राजनिती एकात्मक तवरले चल्न नसकेको यथार्थ अवश्य पनि छ। तथापी गभर्निङ्ग आइडिओलोजी के हुने हो त्यो बहुमतिय संख्याले मुलतः निर्धारण गर्ने परम्पराको थालनी १८औ शताब्दी देखि डेमोक्रेसी को अवधारणा बाट सुरु भएको मानिन्छ। हुनत युरोपियन सोसिअलिस्ट हरुले १९औ शताब्दिमा साम्यवादको मुद्दा उठाइरहदा भुल्न नै नसक्ने कार्ल मार्क्स र एङग्ल्सको द कम्युनिस्ट मेनिफेस्टोमा साम्यवाद मानव उत्पती देखि नै थियो भनी, आदिम साम्यवाद (ancient communism ) को कुरा नल्याएको भने हैन। तथापी साम्यवादलाइ हाइपोथेसिस मात्र भन्ने जमातको कमि पनि छैन। साम्यवाद, समाजवाद, उदारवाद, नवउदारवाद, संवर्धनवाद सबैका आ आफ्नै बिषेषता सहित व्याख्या गर्ने स्कुल अफ थटको कमि छैन। ईतिहास कोट्याउदा मुलतः हामीले हिन्दु सभ्यता, मुश्लिम, क्रिश्चियन समाज र उनिहरुको ईतिहास हेर्दा राज संस्था/ राज तन्त्र (monarchy) सबै भन्दा पुरानो राजनितिक आधार मान्न सक्छौ। सिमित परिधिको राजा भएर शासन गरिरहदा आफ्नो देशको सिमा बढाउने हेतु सोही राजा हरुको नेतृत्वमा गरिने युद्धका ईतिहास पढ्दा, राजसंस्था पुरानै ब्यवस्था भनी नकार्न सकिन्न। एकल राजाले रणनिती , अर्थ ब्यवस्था, प्रजा प्रतिको जिम्मेवारी निभाउन सुचना हेतु विभिन्न मन्त्री चयन गर्ने परम्परा थियो नै। राय सल्लाहको लागि केहि विद्वानहरुको समिती बनाइन्थ्यो नै त्यो ब्यवहारले तानाशाह पद्धति हराउदै जनतामा प्रजातान्त्रिक ब्यवस्थाको प्रत्याभूत हुन थालेको हो। श्रोत साधन को बितरण, अड्डा अदालत केन्द्रीकृत हुनाले समस्या राजधानिले मात्र सुल्झाउन पर्ने बाध्यात्मक र झन्झटिलो अवस्थाको समाधानार्थ प्रशासनिक निकायको बिकेन्द्रीकरण गरिन्थ्यो। शासन आफ्नै हातमा राख्ने शासक आफ्नो प्रभाव साथै लामो समय सत्तामा रहन जनमुखी काममा ब्यस्त हुने नै थिए। तथापी तानाशाह बनेको इतिहासलाइ गुमराहमा राख्न सकिन्न, तर त्यस्को प्रतिफल शत्ता गुमाएको उदाहरण प्रशस्त छन। हामी हाम्रो देशको अवस्थालाइ नियालौ विश्व इतिहासबाट बाटो मोडेर। टुक्रे राज्य नै हाम्रो इतिहासको आधार हो। ५५ बढी टुक्रे राज्य भएको तत्कालिन हाम्रो भुगोलमा एकीकरणको अभियान पृथ्वीनारायण शाह अघि सुरु नभएका भने हैनन तर आधुनिक नेपाल यो एक अखण्ड भुगोल पृथ्वीनारायण शाहको एकीकरणको अभियानको नतिजा हो। बिशेश्वर दमाई को योजना हो, बिभिद दलित, जनजाती हरुको एकीकृत अभियानको नतिजा हो। समयानुकूल शत्ता हत्याउन कुनै न कुनज अमुक वाद वा सोच लिएर हरेक कालखण्डमा एक ब्याक्ती उदाउछन नै, जसरी जङ्ग बाहादुर राणाको उदय भयो। नेपाली इतिहासले अर्कै मोड लियो राणाकालिन समय देखि। हामी इतिहासको हरेक परिवर्तित समय त्यस्का उपल्ब्धी या घाटाको तिथि मिति बाट व्याख्या नगरौ तर हालको अवस्थामा राजसंस्था अन्त्य गराइ समाजवाद, साम्यवाद, उदारवाद, प्रजातन्त्र, गणतन्त्र आदिको कुरा उठिरहेको अवस्थामा पुनः राजतन्त्र स्थापित हुनु पर्छ भनी मुद्दा उठाएको राप्रपाको चहल पहल ब्यवस्था परिवर्तनको लागि या त भनौ पुरानै ब्यवस्था ल्याउने गरि प्रभावकारी छ त? हुन त हामिमा राजतन्त्र लाई सिधै लगेर निरंकुशताको प्रतीक या निरंकुश ब्यवस्था भनेर बुझ्ने बुझाउने चलन छ। पहिले यो बुझौ राप्रपाको एजेण्डा के हो? के निरंकुश राजतन्त्र र र्याडिकल हिन्दु मात्र धर्म मान्नु पर्ने ब्यवस्थाको मुद्दा उठाएको छ त? साम्यवादको नारा घन्काउने कम्युनिस्ट , समाजवाद बुझाउने कांग्रेस, पहिचान खोज्ने मधेसवादी दलहरुको धारणा र ब्याख्यान अनुरुपको राप्रपा होला त? राजतन्त्र ( monarchy ) लाई दुई प्रकारमा बिभाजित गर्न सकिन्छ, abolute monarchy (निरंकुश राजतन्त्र ) र constitutional monarchy ( संवैधानिक राजतन्त्र) । निरंकुश राजतन्त्रमा राजाले सुप्रीम पावर हातमा लिन्छन हरेक नीति, हरेक योजना, हरेक कार्य, सैनिक, प्रहरी, न्यायपालिका, कार्यपालिका, ब्यवस्थापिका सबै प्रत्यक्ष राजसंस्थामा निहित र अधिनमा हुन्छ। सायद नेपाली सन्दर्भमा यस्तो ब्यवस्था २४० बर्षमा कहिल्यै थिएन किनकी आधुनिक नेपालको सुरुवाती अवस्था देखि नै प्रजातान्त्रिक परिपाटी, राजतन्त्रको आधार देखिएको छ। संवैधानिक राजसंस्था (constitutional monarchy ) मा राज्यको प्रमुख या त बंशको आधारमा या त निर्वाचित प्रतिनिधि नै रहन्छ जुन देशको सुप्रीमो हो तर कानुन पुर्णतः फरक रहन्छ। १६औ १७औ शताब्दी देखि निरंकुश र संवैधानिक राजसंस्था बीच फरक छुट्याउन थालिएको हो र संवैधानिक राजसंस्थामा राजा स्वयंलाइ प्रजा(जनता) का प्रतिनिधि, बिज्ञ आदिले देश अनुकुल बनाएको संविधानले बाधेको हुन्छ। संवैधानिक राजतन्त्रमा राजा या रानिका अधिकार सिमित र निर्देशित हुन्छन। निरंकुश राजतन्त्रमा अर्थब्यबस्था , परराष्ट्र नीति , सैनिक आदि सम्पुर्ण राजा या रानिको अधिनमा रहने हुनाले तानाशाह उत्पादन हुन्छ भने, परराष्ट्र , अर्थ नीति, सैनिक , प्रहरी आदि संसद र संसदको बहुमतिय प्रक्रियामा चलाइने सुनौलो प्रजातान्त्रिक पद्धति संवैधानिक राजसंस्थामा हुन्छ। राजा यस्मा देशको अभिभावक हुन्छन जुन नेपाली माटो स्वयंले सिर्जना गरेको नीति हो, वाद हो, सिद्धान्त हो। हालको गणतान्त्रिक सरकार आफैले चलाएको राष्ट्रिय जनगणना ले हिन्दु धर्मावलम्बीहरु झण्डै अढाइतिहाइ भएको तथ्यांक देखाएको छ। बौद्ध , किरात, आदि धर्म नेपालका पुराना धर्म र सभ्यता हुन , जस्को संरक्षण संवर्धन आवश्यक छ भन्ने नारा संवर्धनवादले बोक्छ जुन राप्रपाको नीति हो। कन्जर्भेटिज्म पुरानो सोच हैन, जगेर्ना हो निरन्तरता हो, उदारवाद सबैको सम्मान र सहभागिताको नीति हो। राप्रपा आफुले बोकेको र बुझाउदै गरेको राजसंस्था संवैधानिक राजतन्त्र हो जुन बास्तवमा अभिभावक पाइने पुर्ण प्रजातान्त्रिक ब्यवस्था हो। हिन्दु राज्य पहिचान हो, मेक्का मदिना, भेटिकन आदिले रिलिजियस कन्जर्भेटिज्म को नितिले नै कति पर्यटक भित्र्याएका छन, अनुमान गरौ त। हाम्रो पशुपती, स्वयन्भु, मनकामना, पाथिभरा, हलेसी, मुक्तिनाथ आदिको प्रचार हिन्दु राज्य नेपालले गर्न सक्छ। यो हाम्रो पहिचान हो, यस्को जगेर्ना संवर्धनवाद हो जुन मुद्दा राप्रपाले बोकेको छ। राजनीतिक आस्था र वाद फरक भएपनी राष्ट्रियताको सवालमा माटो सुहाउदिलो, आफ्नै माटो सिर्जित नीति नै प्रभावकारी हुने ठम्याइ गरेको राप्रपाको राजतन्त्र, हिन्दुराज्यको अवधारणा राखी बढेको अभियानलाइ गलत बुझ्ने बुज्जाउने पद्धति बस अव्यवस्थित राजनितिक मुद्दा मात्र हुन।
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij