विश्वभर फैलिएको कोरोना महामारीका कारण सन २०१९ को डिसेम्बर महीना बाट लकडाउनको व्यवस्था सुरु भएको थियो । संसारभरि लाखौं मानिसहरू आफ्नो घरमा कैद भए। यो भयंकर महामारीको प्रकोपबाट बच्न लकडाउनको व्यवस्था आवश्यक भए पनि यो व्यवस्थाले मानव समाजलाई निकै असर गरेको छ । चीनको वुहानबाट गत डिसेम्बरयता सुरु भएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नेपालमा पहिलोपटक माघ ९ गत वर्ष पहिलो संक्रमित पुष्टि भएको थियो। आज, यो लेख मार्फत, मैले तपाइँलाई लकडाउनका बेफाइदाहरू बारे एक जानकारीमूलक लेख प्रस्तुत गरेको छु। यस लेख मार्फत, तपाईलाई मानव जीवनमा लकडाउनको प्रभाव र नोक्सानको बारेमा बताइनेछ।
अहिले विश्वभरि कोरोनाभाइरस सङ्क्रमण र त्यसबाट हुने रोग कोभिड-१९ को त्रास छ। अहिले नेपालका अधिकांश शहरहरुमा मान्छेका गतिविधिहरू अत्यावश्यक काममा मात्रै सीमित भएका छन्। नेपालमा कोरोनाको तेस्रो लहर सुरूवात संगै नेपालमा अब के होला भन्ने आम नेपाली जनतामा ठुलो डर त्रास थियो तर यसपालीको तेस्रो लहर अर्थात कोरोना भाइरस ओमिक्रोन: भेरिअन्टले भने व्यापारिक क्षेत्र र देशको अर्थतन्त्रमा ठुलै क्षेती भए पनी मानवीय क्षेती भने हुन गत वर्ष भन्दा धेरै कम भएको छ । त्यस कारणले पनी यस्ता भयानक रोगलाई रोकथाम गर्नको लागी पनी लकडाउन एक आपतकालीन प्रणाली हो, जुन कुनै पनि देशको सरकारले गम्भीर महामारी वा प्रकोपको समयमा लागू गर्छ। सरकारले लकडाउन गर्ने आदेश जारी गरेको क्षेत्रमा ती क्षेत्रका मानिसलाई अनावश्यक रूपमा घरबाट बाहिर निस्कन दिइँदैन । सडकमा अनावश्यक बाहिर निस्कन निषेध गरिएको हुन्छ। त्यसैगरी कोरोना महामारीका बेला विश्वभर लकडाउनको प्रक्रिया सुरु भएको थियो ।
लकडाउन लगाउनुको कारण
चीनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरसको रोकथामका लागि पहिलो पटक लकडाउनको अवधारणा आएको हो । किनभने कोरोना भाइरसको संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा छिटो सर्छ । यो भाइरसको संक्रमण यति छिटो फैलिन थाल्यो कि लाखौं मानिसको ज्यान गयो । यस्तो विषम परिस्थितिलाई मध्यनजर गर्दै अहिले पनी विभिन्न देशका सरकारले आ–आफ्नो देशमा लकडाउनको कडा नियम लागू गरेका छन् भने नेपालको बारेमा भन्नुपर्दा बिगतमा भन्दा यसपाली भने स्मार्ट लकडाउन संगै केही दिन सम्म जोरबिजोर जारी रह्यो अहिले भने सार्वजनिक यातायातलाई लगाइएको जोरबिजोर हटाएर निजी सवारीलाई मात्रै लागु गरिएको छ।
स्मार्ट लकडाउन र जोरबिजोरको मानव जीवनमा प्रभाव
स्मार्ट लकडाउनका कारण मानव जीवनमा नकारात्मक असर परेको भन्नु अनुचित हुनेछ । किनभने लकडाउन यस्तो प्रणाली हो जुन हामीलाई महामारीबाट बचाउन आवश्यक भएको छ। यद्यपि लकडाउनले विश्वका हरेक मानिसलाई पीडा दिएको छ । यो रोगले लाखौं मानिसका आफन्त र प्रियजनहरू खोसिएको छ। निजी क्षेत्रमा कार्यरत अधिकांशले रोजगारी गुमाएका छन् । यससँगै विद्यार्थीको पढाइमा समेत नोक्सानी भएको छ ।
लकडाउनका बेफाइदा
लकडाउनले देशका हरेक क्षेत्रमा असर गरेको छ । आर्थिक तहदेखि सामाजिक तहसम्म जनताले ठूलो घाटा बेहोर्नुपरेको छ । देशको आर्थिक अवस्थाको टावर आजकाल कमजोर बन्दै गएको छ । जनता आक्रोशित भए र खुलेर लकडाउन प्रणालीको विरोध गरेका छन। बन्दाबन्दी दैनिक काम गर्ने मानिसहरूको लागि लगभग एक विपत्ति जस्तै भएको छ। मजदुरको अवस्था पनि कमजोर बन्दै गएको छ । विद्यार्थीको पढाइमा पनि बढी असर परेको छ । एकातिर शिक्षाका लागि अनलाइन शिक्षा प्रणाली सुरु गरियो भने अर्कोतिर गरिब विद्यार्थी यसबाट वञ्चित हुनुपर्ने अवस्था छ ।
निष्कर्ष
कोरोनाजस्ता भयानक महामारीको संक्रमणको श्रृङ्खलालाई रोक्न लकडाउन गर्नु आवश्यक भए पनि केही नियम र मापदण्डका आधारमा यो प्रणालीलाई हानिकारक हुनबाट बचाउन सकिन्थ्यो ।